Sunday, August 9

समाज

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
समाचार, समाज

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

नेपालअखबार,फुङ्लिङ् ।  ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।” पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए। उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको...
५१ वर्षपछि खानेपानी पुर्‍याइँदै भदुरडाँडाको दलित वस्तीमा
समाचार, समाज

५१ वर्षपछि खानेपानी पुर्‍याइँदै भदुरडाँडाको दलित वस्तीमा

नेपालअखबार, तनहुँ। तनहुँ सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदुरडाँडा। चारैतिर  वनजङ्गलले घेरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दस परिवारको बसोबास छ। आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभरि ज्यालामजदुरी गरेर  छाक टार्दै आएका छन्। यो समस्या त छँदैछ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव । स्थानीय हस्तबहादुर नेपालीले बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेको बताए। 'करिब १५/२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो,' उनले भने। उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए। 'चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्छ। त्यसो हुँदा झनै कठिनाइ भोग्नु परेको छ,' उनले भने, 'जंगलको बाटो हुँदै पानी लिन जानुपर्ने...
९२ वर्षमा आँखाको ज्योति फर्किएपछि
समाचार, समाज, स्वास्थ्य

९२ वर्षमा आँखाको ज्योति फर्किएपछि

नेपालअखबार, काठमाडौँ। हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मख्ख छन्। नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उनले फेरि संसार देख्न पाएका हुन्। लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए।  आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उनले सुनाए। ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाएका छन्। आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोलेको उनले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भने, 'यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ।' विपन्न परिवारका उनले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गरे। शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि...
तनहुँका सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेट
राजनीति, समाज

तनहुँका सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेट

नेपालअखबार,तनहुँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । प्रचण्डले शुक्रवार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए । ‘हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका शहीद बेपत्ताको सम्मानमा महत्त्वपूर्ण काम गर्यौँ, जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्यौँ । हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुङ्गो लगाएका छौँ आयोग बनाएर बाँकी काम पूरा गर्न सङ्घर्ष गर्छौं’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । भेटमा सहिद परिवारका प्रतिनिधिहरूले अध्यक...
अजयमेरुकोटको उत्खननमा फेला परे विशिष्ट कलाकृति र निर्माणशैली
समाचार, समाज

अजयमेरुकोटको उत्खननमा फेला परे विशिष्ट कलाकृति र निर्माणशैली

नेपालअखबार,अमरगढी (डडेल्धुरा) ।  अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो । उत्खननका लागि गाउँपालिकाले ९० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ । अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए । पहिलोपटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनको भनाइ छ ।अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । 'अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ,' उनले भने । ...
डेंगी बढेपछि फिलिपिन्समा लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार
विदेश, समाचार, समाज

डेंगी बढेपछि फिलिपिन्समा लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार

नेपालअखबार,काठमाडौँ ।फिलिपिन्समा मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ। राजधानी मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो। बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए। उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए भनेर बेलायतबाट प्रकाशन हुने अखबार द गार्डियनले समाचार लेखेको छ। मारिएको लामखुट्टेबापत नगद पुरस्कार दिने कार्यक्रम गाउँकै अधिकारीहरूले चलाएका हुन्। फिलिपिन्समा डेंगी अत्यधिक फैलिएपछि नियन्त्रणका लागि आयोजकले यस्तो कार्यक्रम चलाएका हुन्। गाउँका अध्यक्ष कार्लिटो सेर्नलले  नगद उपहारको कार्यक्रमपछि मानिसहरू लामखुट्टे मार्ने अभियानमा अझै सक्रिए भएर लागेको भनेर गार्डियनले लेखेको छ। एक जनाले त ४५ वटा...
पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि
विदेश, समाचार, समाज

पानामाको होटलमा राखिएका ३०० डिपोर्टीमा नेपाली पनि

नेपालअखबार, पानामा सिटी । अमेरिकाबाट डिपोर्ट गरिएको तर स्वदेश नपुगेका ३०० जना आप्रवासी यतिबेला पानामाको होटलमा फसेका छन् । यहाँ राखिएकामध्ये धेरैजसो नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र चीनका नागरिकहरू भएको भन्दै साउथ चाइना मर्निङ पोष्टले एउटा समाचारमा भनेको छ । फर्कने व्यवस्था नभएसम्म उनीहरू सबै यही होटलमा राखिनेछ । यिनीहरूलाई होटलबाट बाहिर निस्कन अनुमति दिइएको छैन । अधिकारीहरूका अनुसार यहाँ रहेका ४० प्रतिशत भन्दा बढी आप्रवासीहरू आफ्नो देश फर्कन तयार छैनन् ।  होटलमा थुनिएका सबै आप्रवासीहरूको अवस्था धेरै दयनीय भएको बताइएको छ । केही आप्रवासीहरू सादा कागजमा लेखिएको सन्देश हातले बोकेर होटलको झ्यालहरूमा उभिएको पनि देखिन्थे । यसमा ‘मलाई मद्दत गर्नुहोस् र हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भनेर लेखिएको थियो । जानकारी अनुसार, सबै आप्रवासीहरू १० एसियाली देशका छन् । यिनीहरू मूलतः नेप...
झापाका ८ पालिकामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै
कृषि, समाचार, समाज

झापाका ८ पालिकामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

नेपालअखबार,झापा । झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए । ...
सापकोटाको पार्थिव शरीर पार्टी कार्यालयमा, अध्यक्ष नेपाल लगायतका नेताद्वारा श्रद्धाञ्जली अर्पण
समाचार, समाज

सापकोटाको पार्थिव शरीर पार्टी कार्यालयमा, अध्यक्ष नेपाल लगायतका नेताद्वारा श्रद्धाञ्जली अर्पण

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ । बिहीवार निधन एका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा राखिएको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसमेत पार्टी केन्द्रिय कार्यालय पुगेका थिए । उनको बिहीवार बिहान उपचारका क्रममा निधन भएको हो । ५९ वर्षीय सापकोटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनको निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका महासचिव घनश्याम भुसालले उनको योगदानको स्मरण गर्दै उनका योगदान नवयुवाहरुमा पुर्या...
लोक्ता खोजेर ल्याउने मान्छे नहुँदा कागज उद्योगलाई कच्चा पदार्थ अभाव
अर्थ, समाचार, समाज

लोक्ता खोजेर ल्याउने मान्छे नहुँदा कागज उद्योगलाई कच्चा पदार्थ अभाव

नेपालअखबार,गोरखा। नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए। उद्योगले कच्चा पर्दाथको अभावमा मागअनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘'जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,’ उनले भने। उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ। ‘वर्षभरि तीन महिना फागुन चैत र वैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ,' उनले भने, 'तर जङ्गलमा गएर झिक्ने, सुकाउने...