पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा झुमे पोखरेली
नेपालअखबार,पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन ।
रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमि त पोखरेली, ढुंगेधारा लगायत एक दर्जन बढी गीत प्रस्तुती मार्फत दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
महोत्सव समापनको संघारमा आइपुग्दा महोत्सवमा दर्शकको चाप वढ्दै गएको छ । महोत्सवमा दर्शकको चाप संगै महोत्सवमा राखिएको स्टलमा समेत ब्यापार वढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गु...










