Tuesday, August 11

समाज

३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र
समाचार, समाज

३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र

नेपालअखबार,  दमौली (तनहुँ) । एकतीस  वर्षपछि व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । सङ्घीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ । मुकुन्देश्वरी पदमार्ग निर्माण यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गा...
म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
कृषि, समाचार, समाज

म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

नेपालअखबार, म्याग्दी । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ । सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताए । मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताए । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उनले बताए । ...
बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु
दुर्घटना, समाचार, समाज

बसमा चढ्ने क्रममा लड्दा एक पुरूषको मृत्यु

नेपालअखबार, काठमाडौँ । पश्चिम नवलपरासीमा बस चढ्नेक्रममा खस्दा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा २ बजे प्रतापपुर गाउँपालिका-९ खैरेनी स्थित त्रिबेणीदेखि बर्दघाट जादै गरेको लु १ ख ३६६३ नं. को बसमा यात्रु चढ्नेक्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए। सोही ठाउँमा बस्ने ३४ वर्षीय जगदीश थारु बसमा चढ्ने क्रममा लडेर घाइते भएका थिए। उनको उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार गराएर भैरहवा मेडिकल कलेज रूपन्देहीमा रिफर गरिएको थियो। उपचारकै क्रममा अपराह्न ४ बजे मृत्यु भएको डिएसपी बोहराले बताए। बस र बस चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। शव पोष्टमर्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा लगिएको छ।...
व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग
समाचार, समाज

व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग

नेपालअखबार, गण्डकी । पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् । आज पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन् । पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखराबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग गरे। उनले पोखरा आउने सडकको स्तरोन्नतिलाई तीव्रता दिन, नेपाल र चीनबीचको कोरला नाका सहज र नियमित सञ्चालनका लागि पहल गर्न पनि आग्रह गरे । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण...
पाकिस्तान : क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
विश्व, समाचार, समाज

पाकिस्तान : क्वेटा रेलवे स्टेसनमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

नेपालअखबार, बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’ मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश...
शनिबार पनि दिल्लीको हावा ‘गम्भीर’ श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा
समाचार, समाज

शनिबार पनि दिल्लीको हावा ‘गम्भीर’ श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा

नेपालअखबार, काठमाडौँ । शनिबार भारतको राजधानी दिल्लीमा वायुको गुणस्तरको स्तर 'गम्भीर' श्रेणीमा रेकर्ड गरिएको थियो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा बिहान ९ बजे उपलब्ध तथ्यांक अनुसार दिल्लीको सबैभन्दा प्रदूषित हावा बवाना र न्यू मोतीबाग क्षेत्रमा रेकर्ड गरिएको थियो। दिल्लीको बवाना र नयाँ मोती बागमा एक्यूआई ४०९ मा रेकर्ड गरिएको थियो। यसबाहेक रोहिणी क्षेत्रमा पनि एक्यूआई ४०० मा रहेको छ । जब एक्यूआई ४०० भन्दा माथि जान्छ, वायुमा प्रदूषणको स्तरलाई 'गम्भीर' श्रेणीको मानिन्छ। यी क्षेत्रहरू बाहेक, दिल्लीका धेरैजसो क्षेत्रहरूमा एक्यूआई ३ सय देखि ४ सय को बीचमा रह्यो। दिल्लीको हावामा पीएम २.५ कण सबैभन्दा बढी प्रदूषित छ । पीएम २.५ धुलोका धेरै सानो कणहरू हुन्। दिल्लीमा यी धुलोका कणहरूलाई नियन्त्रण गर्न पानी छर्कने काम पनि निरन्तर भइरहेको छ। दिल्लीमा वायु प्रदूषणसँगै यमुना नदीमा पनि प...
आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
राजनीति, समाचार, समाज

आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालअखबार,काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति सुरु गरेको स्मरण गर्छन् । त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि  २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गगरेको उनी बताउँछन् । यो समयमा...
मृग भनेर हानेको गोली साथीलाई लागेपछि…
समाचार, समाज

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

नेपालअखबार,खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ। फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो। मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए। ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन्। चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ। तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ,’ उनले भने, 'गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतनले मृग भनेर गोली हानेको ...
आगलागी हुँदा १० लाखको क्षति
समाचार, समाज

आगलागी हुँदा १० लाखको क्षति

नेपालअखबार,झापा। बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाखबराबरको क्षति भएको छ। बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ। आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ। स्थानीय मेडिकलमा सामान्य उपचारपछि उहाँलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।...
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
समाचार, समाज

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

नेपालअखबार,मोरङ । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउछन् । “जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ”, तिम्सिना भन्छन् । सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई व्यवस्थित गरी रैथाने प्रजातिका वनस्पतिको संरक्षणमा सबै लाग्नुपर्ने चरा जानकार तिम...