Friday, August 14

समाज

कक्षा १२ को नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ । २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।...
अचानक बिरामी परे गायक अरिजीत सिंह
समाचार, समाज, स्वास्थ्य

अचानक बिरामी परे गायक अरिजीत सिंह

नेपालअखबार, नयाँ दिल्ली । बलिउडका चर्चित गायक अरिजीत सिंह बिरामी परेका छन् । बिरामी भएकै कारण उनले बेलायतमा यही महिना आयोजना हुन लागेका आफ्ना कन्सर्टहरू रद्द गरेका छन् । कन्सर्ट अगस्ट ११ देखि बेलायतका विभिन्न स्थानमा आयोजना हुँदै थियो । कन्सर्ट रद्द गर्नु परेकोमा दुःख व्यक्त गर्दै गायकले आफ्ना फ्यानहरूसँग माफी मागेका छन् । आफूलाई मेडिकल उपचार चाहिएकोले अगस्टमा हुन लागेको कन्सर्ट स्थगित गर्न बाध्य भएको पोस्टमा उनले भनेका छन् । आफूलाई निको भएपछि यो भन्दा अझ राम्रो र जादुई कन्सर्टहरू आयोजना गर्ने वाचा पनि उनले गरेका छन् । पोस्टमा अरिजीतले स्थगित शो आयोजना हुने नयाँ मितिबारे जानकारी दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ मा लण्डनमा, १६ सेप्टेम्बरमा बर्मिङ्घममा, सेप्टेम्बर १९ मा रोटरडम र सेप्टेम्बर २२ मा म्यानचेस्टरमा कन्सर्टहरू हुनेछन् । शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् फ्या...
पहिरोमा ज्यान गुमाएका व्याक्तिको परिवारलाई केन्द्र सरकारद्वारा राहत रकम प्रदान
समाचार, समाज

पहिरोमा ज्यान गुमाएका व्याक्तिको परिवारलाई केन्द्र सरकारद्वारा राहत रकम प्रदान

नेपालअखबार, दमौली । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु छ लाख प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले  राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए । पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु ५० हजारका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवा...
रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी
समाचार, समाज

रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

नेपालअखबार,पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ । सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाई गरिनेछ । साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । खेलकुद उपसमितिमा...
पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान
समाचार, समाज

पर्वतारोही पूर्णिमालाई एक लाखसहित पब्लिक फोरकेको सम्मान

नेपालअखबार, पोखरा । किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा पाइला राखेकी हुन् । यस पटकको बसन्त याममा सगरमाथा आरोहणमा विश्व किर्तिमान राख्न सफल भएकी श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनका अध्यक्ष सविन भट्टले एक लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए । पत्रकारिता क्षेत्रबाट मिलेको सम्मानले हौसला मिलेको पूर्णिमाले बताइन...
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य
समाचार, समाज

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

नेपालअखबार, खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् । रासस...
चार करोड खर्चेर जुम्लाको रारागाउँमा खानेपानी आयोजना बनाइँदै
समाचार, समाज

चार करोड खर्चेर जुम्लाको रारागाउँमा खानेपानी आयोजना बनाइँदै

नेपालअखबार, जुम्ला । तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)बाट रु ९५ लाख र पालिकाले रु एक करोड १० लाख व्यहोर्नेछ । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण...
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
समाचार, समाज

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

नेपालअखबार, म्याग्दी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो । सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो । “बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो । आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको ...
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत
समाचार, समाज

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नेपालअखबार,नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका  अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।” बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आए...
बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान
समाचार, समाज

बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

नेपालअखबार, ढोरपाटन । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो । खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै  बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् । आर्थिक वर्ष २०७९-०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो । तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हज...