Friday, August 14

समाज

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
कृषि, समाचार, समाज

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

नेपालअखबार, बागलुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अध...
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
समाचार, समाज

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

नेपालअखबार, वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । “गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ”, उनले भने, “यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।” केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो । पर्सामा आव २०७८-७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन  धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छ...
दुई महिनामै बिक्यो १ करोड ८० लाख रूपैयाँको सुपारीको बिरूवा
अर्थ, कृषि, समाचार, समाज

दुई महिनामै बिक्यो १ करोड ८० लाख रूपैयाँको सुपारीको बिरूवा

नेपालअखबार,झापा । झापामा दुई महिनाको अवधिमा एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन्। सुपारीखेती विस्तार हुन थालेपछि बिरूवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन्। सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए। ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्,’ उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए। जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनले बताए। रिजालले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको ...
पहिरोले पुरिएर दुई जनाको मृत्यु
समाचार, समाज

पहिरोले पुरिएर दुई जनाको मृत्यु

नेपालअखबार, रोल्पा । सुनछहरी गाउँपालिका-४ कामिडाँडा बस्ने २४ वर्षीय देउसिङ कामीको कच्ची घर शुक्रबार राति पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर कामीको आमा ७० वर्षीया बसुना सुनार र छोरी ४ वर्षीया माया सुनारको मृत्यु भएको  हो । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिउरीमाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु
समाचार, समाज

आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । ‘धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ’, उनले भने । घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जान...
भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती
अर्थ, कृषि, समाचार, समाज

भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती

नेपालअखबार, झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै  गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उनले भने । सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउछन् । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै  खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उनले भने । अरु खेती लगाउँदा हा...
दूध बेचेर मासिक लाख आम्दानी
कृषि, समाचार, समाज

दूध बेचेर मासिक लाख आम्दानी

नेपालअखबार, घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् । मेहनत गर्नसके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहेका घर्तीले भने, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपथ्र्यो । तर व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताउछन् । घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक रु एक लाख बढी आम्दानी भइरहेको बताउछन् । उनका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँस...
पहिरोले घर पुरिँदा बेपत्ता बज्यैको शव भेटियो, नातिनीको खोजी हुँदै
समाचार, समाज

पहिरोले घर पुरिँदा बेपत्ता बज्यैको शव भेटियो, नातिनीको खोजी हुँदै

नेपालअखबार,रोल्पा।  रोल्पामा घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव भेटिएको छ। गएराति सुनछहरी गाउँपालिका-५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए। खोजीका क्रममा शनिबार बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी भइरहेको डिएसपी लामाले जानकारी दिए। खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ। शुक्रबार राति माथिबाट झरेको पहिरोले ढुँगा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पुरेको थियो । घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउना साथ प्रहरी ...
कालाखोलाको बाढीले रिक्सा बगायो
समाचार, समाज

कालाखोलाको बाढीले रिक्सा बगायो

नेपालअखबार, तुलसीपुर । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ । बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।...
तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी  करिडोर
समाचार, समाज

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

नेपालअखबार,बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण  करिडोर  पूर्णरूपमा अवरुद्ध भएको थियो । मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए । यस क्षेत्रमा ठुलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ ।...