Friday, August 14

समाज

पति र प्रेमीसँग एउटै घरमा बस्दै सेइरा
विदेश, समाचार, समाज

पति र प्रेमीसँग एउटै घरमा बस्दै सेइरा

नेपालअखबार, काठमाडौँ । एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ । जापानका सेफ तथा ब्लगर प्रिन्स सोयले हालै एक भिडियोमार्फत आफ्नो पारिवारिक जीवनको एउटा रहस्य उजागर गरेका छन् । प्रिन्स सोयका अनुसार उनकी पत्नी सेइरा पढ्नका लागि अस्ट्रेलिया गएकी थिइन् । उनले अस्ट्रेलियामै एक जापानी युवकसँग भएको परिचयलाई प्रेममा रुपान्तरण गरिन् । यद्यपि सेइराले आफूलाई धोका नदिएको प्रिन्स सोयको भनाइ छ । जुलाइ १२ मा सेइरा जापान फर्किइन् । उनले आफ्नो प्रेमीलाई पनि घरमा ल्याएकी थिइन् । प्रिन्स रोयले पत्नी र उनका प्रेमी दुवैलाई हार्दिकता साथ घरमा स्वागत गरे । उनीहरू तीनै जना करिब एक साता एउटै घरको छतमुनि बसे । यस बिचमा उनीहरू आपसमा मिलेर खाना पकाउनेदेखि लिएर घरका काम पनि गर्दथे । आफूले सेइरासँग बिहे गर्नु अघि नै ‘ओपन ...
भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
समाचार, समाज

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

नेपालअखबार,भोजपुर ।  अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ । प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्र...
केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो
विदेश, समाचार, समाज

केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

नेपालअखबार,काठमाडौं । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ । यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए । अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयो...
सुनकोसीले सतर्कता तह पार गर्‍यो
समाचार, समाज

सुनकोसीले सतर्कता तह पार गर्‍यो

नेपालअखबार,काठमाडौँ । आज बिहान सिन्धुली जिल्लामा भारी वर्षा भएको छ । सो जिल्ला भई बहने अधिकांश नदी तथा खोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सुनकोसी नदी खुर्कोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा उक्त नदीको तल्लो तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म सतर्कता अपनाउन विभागले अनुरोध हो। सिन्धुलीको कमला नदी, रानीबासस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ ।...
देशभर गए राती भारी वर्षा
समाचार, समाज

देशभर गए राती भारी वर्षा

नेपालअखबार,काठमाडौं । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको छ । काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ । काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन...
बल्खु पुलमुनी एक पुरूषको शव फेला
समाचार, समाज

बल्खु पुलमुनी एक पुरूषको शव फेला

नेपालअखबार, काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ। बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले बताए। उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ। मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्। अहिले घटनास्थलमा मुचुल्काको काम लगायत अन्‍य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोला किनारा डुबानमा परेको छ। बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ। बाढी पसेसँगै ...
चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
समाचार, समाज

चरक मेमोरियल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

नेपालअखबार, पोखरा । पोखरा नागढुंगास्थित सुविधासम्पन्न चरक मेमोरियल हस्पिटलमा जाँच गर्दा सिटिजन्स् बैंक इन्टरनेशनलका ग्राहकले छुट पाउने भएका छन् । हस्पिटल र बैंकबीच छुट सम्बन्धी समझदारी भएको छ । हस्पिटलका तर्फबाट एमडी कपिल पोखरेल र बैंकका तर्फबाट पोखरा ब्राञ्च म्यानेजर अनुप अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो समझदारी अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सम्झौता अनुसार होल बडी चेकअपमा २० प्रतिशत, बेडमा १० प्रतिशत, ल्याब, रेडियोलोजी र अप्रेशनहरुमा १० प्रतिशत तथा फार्मेसीमा औषधि किन्दा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । पछिल्लो समय सामाजिक योगदानलाई प्राथमिकता दिँदै आएको चरक हस्पिटलले गण्डकी प्रदेशका लगभग सबैजसो जिल्लामा स्थानीय संघसंस्थासँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । आवश्यकता...
बर्दियामा धानको सुपर जोन विस्तार
समाचार, समाज

बर्दियामा धानको सुपर जोन विस्तार

नेपालअखबार,  बर्दिया । बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका ८ वटै पालिकामा कृषि उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३, ४ चैते धानको सुपरजोन हुन् । बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ सम्मका वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायब सुब्बा विमला भण्डारीले जानकारी दिइन् । उनका अनुसार, परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा...
२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह
समाचार, समाज, स्वास्थ्य

२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

नेपालअखबार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्‍याउनुहुन साथै समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ।’ मन्त्रालयका अनु...
जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे
समाचार, समाज

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

नेपालअखबार,  जुम्ला । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए । “कसका कति भेडा मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भने,“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठुलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।” रासस...