Friday, August 14

समाज

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
समाचार, समाज

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपालअखबार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ । आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो । दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।...
चितुवाको डरले घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी
समाचार, समाज

चितुवाको डरले घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

नेपालअखबार, टीकापुर। टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरीलाई चितुवाले आक्रमण गर्‍यो। उनको शरीरमा घाउ लागेको छ । यद्यपि उनी खतरामुक्त छन्। उपचारपछि उनी तंग्रिएका चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ। चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन। ‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिएँ,' टीकापुर–७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ।’ गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै ...
वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो
समाचार, समाज

वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

नेपालअखबार,  काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् । हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो छ भने झापा दोस्रो जिल्ला रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लमा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्त्तरी रहेका छन् । विभागका अनुसार मोरङमा ३१ हजार ९७, सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपेन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तहरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि स...
देवीघाट–गल्छी सडक अवरुद्ध
समाचार, समाज

देवीघाट–गल्छी सडक अवरुद्ध

नेपालअखबार, नुवाकोट । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए । रासस...
राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो
प्रशासन, समाचार, समाज

राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो

नेपालअखबार, काठमाडौं ।  नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन्। राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन्। छपाइ भएका २५ हजार बढी कार्ड वितरण हुन नसकेको हो। कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजार बढी कार्ड कार्यालयमै थन्किएका हुन्। सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७६ देखि विवरण सङ्कलन भए पनि करिब चार वर्षपछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको हो। चार वर्षभन्दा लामो समयदेखि कुरिरहेका नागरिक राष्ट्रिय परिचयपत्र लिन आएका छैनन्। छपाइ भएका २५ हजार दुई सय ४८ कार्यालयमै रहेको र...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
दुर्घटना, समाचार, समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

नेपालअखबार, काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराेले यातायात प्रभावित
समाचार, समाज

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराेले यातायात प्रभावित

नेपालअखबार,म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उनले भने, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सड...
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार, बागलुङ । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । प्रमुख निउरेले भने, “हिजो साँझदेखि ठुलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छ...
चितवनमा एउटा पोथी गैंडा मृत फेला
समाचार, समाज

चितवनमा एउटा पोथी गैंडा मृत फेला

नेपालअखबार, चितवन । चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।...
तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन
समाचार, समाज

तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन

नेपालअखबार, काठमाडौं। उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन भएको छ । स्थानीय व्यवसायी तथा दाता विनायक म्यानेजमेण्ट प्रालीका अध्यक्ष तुलसीराम थापाको अध्यक्षतामा संघ गठन भएको हो । नागार्जुन नगरपालीकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालीका भित्र रहेका  सम्पूर्ण व्यवसायीहरुलाई समेट्ने योजना बनाएको छ । नेपाल उद्योग वाणिज्य संघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो । नवगठित संघका वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, उपाध्यक्षहरु शुक्र बहादुर तामाङ र रमेश प्रसाद गौतम, महासचिव पप्पु गोतामे, सचिवहरु मुस्कानराज गौतम र रुपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी मर्हजन तथा सदस्यहरुमा अनुराधा जैसवाल गुरुङ, शिवहरी खड्का, रामकृष्ण बलामी, ईश्वर श्रेष्ठ, आशाजित शाक्य, नारायण तिमिल्सिना, प्रज्वल खत्री, राजिव बस्नेत, सुरेश श्रेष्ठ, ईश्वर ...