Friday, August 14

समाज

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
समाचार, समाज, स्वास्थ्य

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

नेपालअखबार, चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र अस...
पोखरा १३ : सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
समाचार, समाज, स्वास्थ्य

पोखरा १३ : सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो ।”, उनले भने । वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनको अनुरोध छ । स्थानीय तहको दायित्व र कर्तव्य अन्तर्गत आफुहरुले बेलाबेलामा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आए...
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
शिक्षा, समाचार, समाज

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।...
सौर्य एयरलाइन्सले पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग गर्छौं
समाचार, समाज

सौर्य एयरलाइन्सले पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग गर्छौं

नेपालअखबार, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना पछि कम्पनीले विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जती व्यक्त गरेको छ । साथै मृतकको परिवारमा गहिरो समवेदना प्रकट गर्दै कम्पनीले पीडित परिवारजनमा कम्पनीले गर्न सक्ने सहयोग समेत प्रदान गर्ने जनाएको छ । ‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रुपमा रहि काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौँ । यस दुर्घटनामा परि ज्यान गुमाउनुहुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनुपरेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्...
घर भत्किँदा एकै परिवारका ८ जना घाइते
समाचार, समाज

घर भत्किँदा एकै परिवारका ८ जना घाइते

नेपालअखबार, जाजरकोट। जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर शुक्रबार बिहान ३ बजे भत्किँदा परिवारका ८ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नविन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएका छन्। जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरुलाई घरमै राखिएको छ। वर्षातका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डिएसपी पाण्डेले जानकारी दिए। ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ भने २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।...
जमुनाह नाकाबाट मात्र एक वर्षमा १ अर्ब ११ करोडको आलु आयात
अर्थ, कृषि, समाचार, समाज

जमुनाह नाकाबाट मात्र एक वर्षमा १ अर्ब ११ करोडको आलु आयात

नेपालअखबार,  खजुरा (बाँके) । बाँकेको जमुनाह नाकाबाट एक वर्ष अवधिमा भारतबाट एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात गरिएको छ । २०८० साउनदेखि २०८१ असार मशान्तसम्म सो मूल्य बराबरको चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आर्थिक वर्षमा १८ करोड रुपैयाँ बढीको आलु आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेक...
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन
समाचार, समाज

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

नेपालअखबार, काठमाडौं । कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको निधन भएको छ। नकर्मीको बिहीबार राति वीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए। उनी २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको केही समयअघि भारतमा समेत उपचार गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए। उनलाई गत साउन २ गते वीर अस्पताल भर्ना गरिएको थियो। मेयर नकर्मीको निधनमा शुक्रबार नगरपालिकाभर शोक बिदा दिइएको ढकालले बताए। उनका पार्थिव शरीरलाई बिहान ९ बजे  श्नद्धाञ्जलीका लागि नगरपालिकामा राखिने ढकालले जानकारी दिए। ५९ वर्षीय नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन्।  ...
बेनी–जोमसोम सडक अवरुद्ध
समाचार, समाज

बेनी–जोमसोम सडक अवरुद्ध

नेपालअखबार,  म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।...
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध
समाचार, समाज

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

नेपालअखबार, त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका-६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।रासस...
तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ
प्रशासन, समाचार, समाज

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

नेपालअखबार, दमौली (तनहुँ) । स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो । रासस...