पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या
नेपालअखबार, गलकोट । बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् । खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन । खानेपानीको मुहानमा बर्खामा भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तिमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा बर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ ।
उपभोक्ता कमल खड्काले जनतालाई शुद्ध पानी चाहिएको बताउँदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गरे । “अहिले खानयोग्य पानी वितरण भएको छैन, नगरपालिकाले खानेपानीको विषयमा ध्यान दिन आवश्यक छ”, उनले भने ।
बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला म...










