Friday, August 14

समाज

कास्कीमा पहिरोले घर पुरिँदा  ११ जनाको मृत्यु
समाचार, समाज

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु

नेपालअखबार ,कास्की ।अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पोखरा–१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी स्याङजा घर भएकी प्रभा परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन् । पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए भने छिमेकी राधिका उद्धारमा गएका बेला लडेर मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पहिरोमा परेर मृत्यु भएकी राधिकाको छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छ...
राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार शुरु
समाचार, समाज

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार शुरु

नेपालअखबार ,काठमाडौ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा भएको सेमिनारको उद्धाटन पूर्वमन्त्री एवम् संधिय सासद एकनाथ ढकालले गरेका छन । सेमिनार उद्घाटन पश्चात बोल्दै सासद ढकालले अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आखाँमा छारो हाल्ने काम भएको बताएका छन् । सांसद ढकालले सार्बजनिक सोचको बिकास गर्न सकेमात्र समाजको बिकास हुने भन्दै तीन दिन सम्म सिकेका कुरालाई थोरै भएपनि ब्यबहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे । रुपान्तरणको लागि बाताबरणको आवश्यकता रहेको भन्दै अहिले देशको राजनीतिक , सास्कृतिक आर्थिक बाताबरण बन्न नसकेको भन्दै यस्ता सेमिनारहरुले त्यो बाताबरण तयार गर्न सहयोग गर्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले मुलुकमा सामाजि...
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
प्रशासन, समाचार, समाज

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

नेपालअखबार ,काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए । ...
कागबेनीमा बाढी नियन्त्रण गर्न  पक्की पर्खाल निर्माण
समाचार, समाज

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

नेपालअखबार , मुस्ताङ। बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ। विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५०  घरमा क्षति पुगेको थियो। भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो। कार्यालयका प्रमुख वरिष्ठ भू– तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए। ‘गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा एक लाख ६० हजार कम भुक्तानी भएको छ,’ उन...
बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए
समाचार, समाज

बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए

नेपालअखबार , बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका  थिए । हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।  उनले भने, “सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते  ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।” बर्सातका समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन्  । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास – ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ । यसअघि २०७८ कात्तिक पहिलो साता...
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो
समाचार, समाज

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

नेपालअखबार ,चितवन ।  पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी  नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।  उनले  आवागमन  दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ  । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसँग छैन ।...
बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु
समाचार, समाज

बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

नेपालअखबार ,बागलुङ। बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो ।उनी घरमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीलाई बिहान मात्रै खबर पुगेको र घटनास्थल जाँदै गरेको बागलुङ प्रहरीले जनाएको छ ।
मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
समाचार, समाज

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

नेपालअखबार ,भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।  अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।...
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो
समाचार, समाज

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

नेपालअखबार , लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।...
पहिरोले पोखरा–बागलुङ राजमार्ग अवरुद्ध
समाचार, समाज

पहिरोले पोखरा–बागलुङ राजमार्ग अवरुद्ध

नेपालअखबार ,पोखरा । अविरल वर्षापछि हिलो र लेदो झर्दा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका ५ शीतल गुफा नजिकै हिलो र लेदो झरेको प्रहरीले जनाएको छ । यस्तै, बेनी जोमसोम सडक पनि रोकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका बैसेरीमा पहिरो आएर सडक रोकिएको हो । बेनी दरवाङ सडकमा पनि पहिरोले ठप्प भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबै ठाउँमा प्रहरी खटाएर सडक खुलाउने प्रयास गरिएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।...