Friday, August 14

समाज

आइतबारसम्म देशभर मनसुन फैलिने
समाचार, समाज

आइतबारसम्म देशभर मनसुन फैलिने

नेपालअखबार, काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार बिहीबारसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम तथा मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको उनले जानकारी दिइन् । “नेपालमा १० दिन भयो मनसुन सुरु भएको तर अझै पनि पश्चिम र सुदूरपश्चिम क्षेत्रसम्म पुग्न सकिरहेको छैन”, मानन्धरले भनिन्, “आइतबारसम्म मुलुकभर मनसुन फैलिएपछि तातो हावाको लहरको जोखिम बिस्तारै हट्दै जानेछ ।” उनका अनुसार अघिल्लो वर्ष नेपालमा मनसुन भित्रिएको तीन सातापछि मात्रै देशभर फैलिएको थियो...
बागलुङ जैमिनीमा ट्रयाक खुलेको १८ वर्षपछि सडक कालोपत्र हुँदै
समाचार, समाज

बागलुङ जैमिनीमा ट्रयाक खुलेको १८ वर्षपछि सडक कालोपत्र हुँदै

नेपालअखबार,  बागलुङ। बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा- जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख गरी एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका-५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौं नागरिकले सास्ती खेपेको सुनाए । उनले भने, ‘यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हाम...
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
समाचार, समाज

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

नेपालअखबार, लमजुङ ।  पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ । रासस...
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण
प्रशासन, समाचार, समाज

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् । प्रदेश सरकारको आगामी आव २०८१–०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक  महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भने । पोखरा महानगरपालिका–२५ हेम्...
बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित
समाचार, समाज

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् । एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए । ‘बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ’, प्रजिअ आचार्यले भने । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए । पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए । ...
लुक्लामा दस दिनदेखि ठप्प भयो हवाई उडान
समाचार, समाज

लुक्लामा दस दिनदेखि ठप्प भयो हवाई उडान

नेपालअखबार, सोलुखुम्बु  ।मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्। गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा  कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए। उनले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो। यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन। त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन।’ लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको ...
विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण
शिक्षा, समाचार, समाज

विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

नेपालअखबार, तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गर्नुभएको थियो । क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले गर्नुुभएको थियो । कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्...
सडक सञ्जाल नजोडिदा सास्तीमा छन् बागलुङको निसेलढोरवासी
समाचार, समाज

सडक सञ्जाल नजोडिदा सास्तीमा छन् बागलुङको निसेलढोरवासी

नेपालअखबार,बागलुङ । काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो । बागलुङको निसेलढोर जति प्राकृतिक सुन्दरताले भरिएको छ, त्यति नै यहाँ बस्ने नागरिकको समस्या र सास्तीको दुर्दान्त कथा छ । सामान्यतः निसेलढोरवासीको समस्या कति छन् भन्ने यहाँ पुग्ने धेरैले सहजै अड्कल गर्न सक्दैनन् । सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको निसेलढोर नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्छ । विकासका हिसाबले निकै पिछडिएको यो ठाउँ पर्यटकीय सम्भावनाको हिसाबले भने अगाडि छ । अनेक समस्याका बाबजुद पनि निसेलढोरवासी वर्षौंदेखि यहाँ बस्दै आएका छन् । एक दशक अगाडिसम्म बर्खाको समयमा मात्रै ढोर बस्ने स्थानीय अहिले स्थायी रुपमा बस्दै आएका...
७१ जिल्लामा फैलियो डेंगी
समाचार, समाज, स्वास्थ्य

७१ जिल्लामा फैलियो डेंगी

नेपालअखबार,काठमाडौं।  डेंगीरोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगुहाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए। उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए। ‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,’ उनले भने। उनका अनुसार ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमणमा देखिएको छ। गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेंगुरोगको संक्रमण देखिएको थियो । उनका अनुसार कोश...
गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण
प्रशासन, समाचार, समाज

गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण

नेपालअखबार,म्याग्दी । बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको गलेश्वर बजारमा कटान र बाढी नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत योजना निर्माण भएको हो । राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण भएको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्ण विश्वकर्माले बताए । सो योजना निर्माणका लागि विसं २०७९ पुसमा भाग्यलक्ष्मी कन्स्ट्रक्सनसँग रु दुई करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । नदीको सतहभन्दा दुई मिटर तलदेखि चार मिटर पक्की र त्यसमाथि थप चार मिटर अग्लो ग्याविन पर्खाल निर्माण भएको छ । भाग्यलक्ष्मी कन्स्ट्रक्सनका प्रतिनिधि राजकुमार श्रेष्ठले २०८१ असार मसान्तसम्म ठेक्काको म्याद भए पनि लक्ष्यअघि नै काम सकिएको बताए। विसं २०७५ असोजम...