Saturday, August 15

समाज

मोरङ कारागारमा एक कैदीको मृत्यु
समाचार, समाज

मोरङ कारागारमा एक कैदीको मृत्यु

नेपालअखबार ,काठमाडौँ । मोरङ कारगारमा रहेका एकजना कैदीको मृत्यु भएको छ। लागुऔधष मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो। मंगलबार बिहान साढे ११ बजे खाना खाएर बस्दा एक्कासी बेहोस भएपछि कोशी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुर्‍याइएको आधा घन्टामै अस्पतालले मृत घोषित गरिदिएको मोरङ कारागारका प्रमुख चेतराज बरालले जानकारी दिए। 'उनी मुटुरोगी थिए, नियमित उपचार भइरहेको थियो,' प्रमुख बरालले  भने, 'अस्पतालले रोगकै कारण मृत्यु भएको भनेको छ।' उनका परिवार उपस्थित भइसकेका छन्। अहिले शव बुझाउने काम भइरहेको उनले जानकारी दिए।...
पशुपतिको भेटी चोर्ने आठ जना पक्राउ
समाचार, समाज

पशुपतिको भेटी चोर्ने आठ जना पक्राउ

नेपालअखबार ,काठमाडौं ।पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसिटिभीमा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,’ उनले भने। परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए।...
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
प्रशासन, समाचार, समाज

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

नेपालअखबार ,म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ६ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका बताए । दुई सय दुई किलोमिटर बेनी-जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वट...
मकवानपुरबाट चितवन लगिएको नरभक्षी बाघको मृत्यु
समाचार, समाज

मकवानपुरबाट चितवन लगिएको नरभक्षी बाघको मृत्यु

नेपालअखबार ,चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ। सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो। शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। दस वर्षको सो बाघलाई सौराहास्थित खोरमा राखिएको थियो। बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो। त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो। चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन्। सन्  २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा छन्।रासस...
सेतीमा पक्की पुल: तीन पटक म्याद थपियो, काम २५ प्रतिशत मात्रै
समाचार, समाज

सेतीमा पक्की पुल: तीन पटक म्याद थपियो, काम २५ प्रतिशत मात्रै

नेपालअखबार , तनहुँ।  तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गर्‍यो। व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो। सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ। उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए। ‘चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ,’ उनले भने। चालु आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ। आच...
म्याग्दीमा ८ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
समाचार, समाज

म्याग्दीमा ८ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

नेपालअखबार , म्याग्दी। जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले  बजेटको व्यवस्था गरेसँगै ८ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। संघीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका ६ वटा वडाका २ हजार ५ सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो। म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको बताए। ‘आयोजनाको लागत ४८ करोड  अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत ...
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
समाचार, समाज

विकट चेपाङ बस्तीमा पुग्यो बिजुली

नेपालअखबार , काठमाडौँ ।काठमाडौँ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्स सहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क ...
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
प्रशासन, समाचार, समाज

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

नेपालअखबार ,सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये  स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा  १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् । सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा  खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना मानिस लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौ महिनामा ४२ जना मानिससहित १० केज...
निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
शिक्षा, समाचार, समाज

निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

नेपालअखबार , काठमाडौँ । भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन्। विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठीक उल्टो छ। शिक्षाको महत्व बुझेका र आर्थिक रूपले सम्पन्न अभिभावकले समेत आफ्ना छोराछोरी यही विद्यालयमा पढाएका छन्। प्रायः सबै शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीकाहरुको बालबालिका यही विद्यालयमा पढछन्। विद्यालयले गुणस्तरीय शिक्षाका लागि दस वर्षदेखि  गरेको निरन्तर मेहेनतको प्रतिफल हो यो। विसं २०७५ यता विद्यालयले राम्रो नतिजा ल्याएको छ। पठनपाठन नियमित गर्ने नभई कमजोर विद्यार्थीका लागि वर्षैभरि अतिरिक्त कक्षा चलाइएको छ। साना कक्षाहरुमा दुईजना शिक्षक खटाएर विशेष कक्षा सञ्चालन गरिएको छ। त्यतिमात्र नभई अधिकांश सामुदायिक विद्यालयमा देखिने सरसफाइ र अव्यवस्थाको समस्या यस विद्यालयमा छैन। अभिभावकक...
तराईको गर्मीमा पनि लटरम्म स्याउ
कृषि, समाचार, समाज

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालअखबार ,कैलाली। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन् । कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन् । विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु’, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि ३०-४० बो...