Monday, August 17

समाज

नदीजन्य पदार्थको निर्वाध उत्खननका कारण जुम्ला जलाधार क्षेत्र जोखिममा
समाचार, समाज

नदीजन्य पदार्थको निर्वाध उत्खननका कारण जुम्ला जलाधार क्षेत्र जोखिममा

नेपालअखबार, जुम्ला। प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ। पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा  असर परेको हो। भू– तथा जलाधार व्यवस्थापन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग जलाधार क्षेत्रलाई व्यवस्थित गर्ने  आगामी वर्षको जलाधार तथा उपजलाधारको वार्षिक कार्यक्रमका लागि सुझाव मागेको कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए। प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति तथा कार्यक्रममा जलाधार क्षेत्रमा गरिने दिगोपन कार्यक्रमलाई कार्यान्वयन गर्न स्थानीय सरकारको सुझाव सङ्कलन गर्न जिल्लास्थित सबै सरोकारवालासँग जलाधार तथा उपजलाधारसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख साउदले बताए। प्रथम पञ्चवर्षीय योजनामा भू तथा जलाधार व्यवस्थापन र कर्णाली ‘बेसिन’को रणनीतिक ...
४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया
समाचार, समाज, हाइलाइट-समाचार

४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया

नेपालअखबार, भाेजपुर। ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्ग्छिन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० रुपैयाँ हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्। पैतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन्। ‘आफूले सकेको काम गर्नुपर्छ,’ उनले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले  अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ। गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु। बदाम बिक्रीबाट महिनामा१५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।’ जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले भनिन्। किसानले उत्पादन गरेको बदाम प्रतिपाथी तीन...
तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते
दुर्घटना, समाचार, समाज

तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते

नेपालअखबार, तनहुँ। तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। उक्त बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।...
देशभर आज पनि आंशिक बदली केहि प्रदेशमा पानी पर्ने
समाचार, समाज

देशभर आज पनि आंशिक बदली केहि प्रदेशमा पानी पर्ने

नेपालअखबार, काठमाडौं । देशभर आज पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आइतबार र सोमबार पनि कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।...
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते
समाचार, समाज

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

नेपालअखबार, धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताए । मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।...
नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
समाचार, समाज, स्वास्थ्य

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

नेपालअखबार, काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् । तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन ...
वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ
अपराध, समाचार, समाज

वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

नेपालअखबार,बर्दिया। बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्। २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए। युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। ‘जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।...
पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने
समाचार, समाज

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

नेपालअखबार, पोखरा  । रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ । प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जान...
२ हजार ३८० खानेपानी आयोजना निर्माण
प्रशासन, समाचार, समाज

२ हजार ३८० खानेपानी आयोजना निर्माण

नेपालअखबार,म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ। बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए। नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन प्रतिशत जनसङ्ख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको दाबी गरे। ‘५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,’ उनले भने, ‘६१ हजार ६ सय ३४ धारा र चार सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ।’ ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ खिबाङ, –४ को पटार, छेम्दी –३ को द...
रौतहटमा नेपाल रिटर्नी एशसिएसन(समाजबादी) अध्यक्ष फरहदकाे नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन
राजनीति, समाचार, समाज

रौतहटमा नेपाल रिटर्नी एशसिएसन(समाजबादी) अध्यक्ष फरहदकाे नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन

नेपालअखबार, राैतहट। नेपाल रिटर्नी एशसिएसन(समाजबादी)को रौतहट जिल्ला कमिटी गठन भएकाे छ । उत्त भेलाले शेष फरहदको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ ।नेपाल रिटर्नी एशोसिएसन रौतहट जिल्ला कमिटी पार्टी पोलिट व्युरो सदस्य तथा प्रेदेश २ सहा इन्चार्ज  रामचन्द्र शाहको प्रमुख आथित्य उत्त भेला सम्पन्न भएकाे थियाे । एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको विशेष उपस्थितमा रहेकाे थियाे । केन्द्रीय  अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरुले ज्ञान शिप पुँजी साथै लगनका साथ आएका हुन्छन् उनीहरुमा देशमा केही गरौं र रोजगार सिर्जना गर्ने हैसियतमा फर्किने गरेकाे बताएका छन् ।  रिटर्नीहरु देशको लागि बलियो खम्बा हुन राष्ट्रले विमानस्थलमा जाँदा अनेक बहानामा दुख्ख दिनुहुँदैन ,फर्कदा विमानस्थलमा समान चोरिनु हुँदैन फर्कदा दुख्ख दिने होइन रातो कार्पेट बिछ्याएर स्वागत गर्नु पर्छ भन्नु भएकाे छ । पार्टी पोलीट व्य...