चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी
नेपालअखबार,काठमाडौं । चिनियाँ गिरोहको योजनामा चितवनमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ ।
खैरहनी नगरपालिका-६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामको कम्पनी खोली त्यसको आवरणमा नेटवर्क विस्तार गरेर ठूलो रकम ठगी गरेको खुलेको हो । केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि यो गिरोहका ११ सदस्य पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवासप्रसाद कलवार छन् ।
यो समूहविरुद्ध अहिलेसम्म २५५ वटा सामूहिक उजुरी आएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ठगिने एकै परिवारका धेरै सदस्यसमेत छन् । अहिलेसम्मको उजुरीअनुसार १२ करोड ८ लाख १६...










