Tuesday, June 30

समाज

साउनयता ९ वटा गैँडाको मृत्यु
समाचार, समाज

साउनयता ९ वटा गैँडाको मृत्यु

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ९ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता ५ वटा भाले र ३ वटा पोथी गैँडा मरेका हुन् । एउटाको लिङ्ग पहिचान हुन नसकेको उनले जानकारी दिए । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ । पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए ।  “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उनले भने । हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरल...
सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थान जोगाउनै मुस्किल
समाचार, समाज

सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थान जोगाउनै मुस्किल

नेपालअखबार, चितवन । गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ । नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ । नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प...
राउटे समुदायका युवालाई प्राथमिक उपचारसम्बन्धी तालिम
समाचार, समाज

राउटे समुदायका युवालाई प्राथमिक उपचारसम्बन्धी तालिम

नेपालअखबार,कर्णाली । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवक सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ । अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए । उनका अनुसार तालिमबाट चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या ...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन
समाचार, समाज, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

नेपालअखबार,कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ । ...
जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
समाचार, समाज, हाइलाइट-समाचार

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

नेपालअखबार,सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ । पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ । चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपर्याे। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन । बाल्यका...
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
शिक्षा, समाचार, समाज

चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

नेपालअखबार,  महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी ...
वीरगञ्जमा कर्फ्यु लम्बियो
प्रशासन, समाचार, समाज

वीरगञ्जमा कर्फ्यु लम्बियो

नेपालअखबार, काठमाडौं । वीरगञ्जमा भड्कीएको तनाब पछि सोमबार लगाइएको कर्फ्युको अवधि मंगलबार दिउँसोसम्म बढाइएको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बजेसम्म कर्फ्यु लगाइएको थियो। आज पनि स्थिति समान्य नहुने देखेपछि दिउँसो एकबजेसम्मका लागि कर्फ्युको अबधि बढाएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाएको छ। कार्यालयले विरगंज महानगरपारिका क्षेत्र भित्र पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाएको हो। ‘तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पूर्ण निषेध गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी भोला दहालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। कर्फ्यू अवधिमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अन...
मधेशमा सद्भाव कायम राख्न अपील
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

मधेशमा सद्भाव कायम राख्न अपील

नेपालअखबार, काठमाडौँ । तराई मधेशमा धार्मिक सहिष्णुता कायम गरि समाजमा शान्ति अमनचयन स्थापना गर्न पनि गृहमन्त्रालयमा माननीय गृहमन्त्री ओमप्रकाश अर्याल सहित ,मानव अधिकार आयोग, मुस्लिम आयोग, मधेशी आयोग, थारू आयोग समेतको टिम, गृह सचिव एवं सुरक्षा निकायका प्रमुखहरु बिच व्यापक छलफल भई महत्त्वपूर्ण निर्णयहरू भएको मुस्लिम आयोगका कार्ववाहक अध्यक्ष महमदिन अलिले जान्कारी दिनु भयो । मधेशका विभिन्न जिल्लामा धार्मिक सप्रदायबीच आपसी सद्भाव कायम गर्न विभिन्न आयोगले आग्रह गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच सद्भाव र मैत्री कायम गर्न भनेका हुन् । ‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता तराई मधेशका केही ...
साढे ४ हजार कैदीबन्दी अझै फरार
प्रशासन, समाचार, समाज

साढे ४ हजार कैदीबन्दी अझै फरार

नेपालअखबार, काठमाडौं । साढे चार हजार कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट फरार भएका ४ हजार ५५४ कैदीबन्दी अझै फरार रहेका हुन् । कारागार व्यवस्थापन विभागकाअनुसार फरार हुनेमा कारागारमा रहेका ४ हजार २५० र बाल सुधार गृहमा रहेका ३०४ जना छन् । आन्दोलनको मौकामा कारागारबाट १३ हजार ५८५ जना र बाल सुधार गृहबाट ९७४ जना गरी १४ हजार ५५९ कैदीबन्दी फरार भएका थिए । जसमध्ये अहिलेसम्म ९ हजार ९८६ जना कारागार फिर्ता आएका छन् । आन्दोलनको मौकामा भाग्न खोज्दा कारागारमा रहेका १३ र बाल सुधार गृहमा रहेका ६ जना गरी ९ जनाको मृत्यु भएको थियो ।...
वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश

नेपालअखबार,वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु हुने जानकारी दिएका छन्। वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ । कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।...