Tuesday, April 28

समाज

नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने
समाचार, समाज

नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने

नेपालअखबार,जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ। बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ। त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने भएको हो। सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेव...
चरन अभावले मुस्ताङमा भेँडा-च्याङ्ग्रा व्यवसाय संकटमा
कृषि, समाचार, समाज

चरन अभावले मुस्ताङमा भेँडा-च्याङ्ग्रा व्यवसाय संकटमा

नेपालअखबार, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा निवासी सन्तोष परियार जसले लामो समयदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका छन् । उच्च हिमाली भेगको कठिन भूगोलमा च्याङ्ग्रा व्यवसाय गर्दै आएका परियारले गोठमा गोठालो नराखिकनै आफैं दैनिक उकाली ओराली गर्दै भीरपाखामा च्याङ्ग्रा धपाउँछन् । दिनभर भीरपाखामा च्याङ्ग्रा धपाउँदै बेलुकी सुरक्षित साथ गोठमा ल्याउनु परियारको दैनिकी नै हो । समुद्री सतहदेखी करिब ३ हजार ५०० मिटरदेखि ५ हजार भन्दा बढी उचाइमा च्याङ्ग्रा धपाउँदै आफ्नो व्यवसाय गर्दै आएका परियारले पछिल्लो समय चरनको अभाव हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । छिमेकी जिल्ला म्याग्दीबाट बर्खामा सिधै मुस्ताङको दर्जनबढी लेक र खर्कहरूमा बाख्रा र भेँडा ल्याइ चराउँदा घाँसको अभाव हुनुका साथै चरनको समेत अभाव हुन थालेको सन्तोष परियारले बताए । कुनै समय निर्धक्कसँग च्याङ्ग्रा पालन गरेका परिय...
पोखरामा बन्यो भैरव मन्दिर
धर्म/संस्कृति, समाचार, समाज

पोखरामा बन्यो भैरव मन्दिर

नेपालअखबार, कास्की । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ । यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ । समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै काठमाडौँ उपत्यकाका सांस्कृतिक परम्परा गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई यो समुदायले निरन्तरता दिँदै आएको छ ।...
धान बेच्न किसान रातभरि लाइनमा
समाचार, समाज

धान बेच्न किसान रातभरि लाइनमा

नेपालअखबार,घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुगेका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो । जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई पनि धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, ताकि भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् । ‘तीन दिन भयो घर फर्किएको छैन,’ घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, ‘धान बेच्न यति दु:ख ...
दार्चुलामा भूकम्पको धक्का
समाचार, समाज

दार्चुलामा भूकम्पको धक्का

नेपालअखबार,दार्चुला । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए÷नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन।...
मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्याे
समाचार, समाज

मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्याे

नेपालअखबार,काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी भएको छ । पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब १/२ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ । यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न आग्रह समेत गरिएको छ ।...
आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट
शिक्षा, समाचार, समाज

आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर नष्ट

नेपालअखबार,हुम्ला। हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ। अदानचुली गाउँपालिका–३ मा रहेको सो विद्यालयमा बुधबार राति ८ बजेदेखि आगलागी हुँदा विद्यालयको दुईतले–दुईकोठे भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो। कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका शिक्षक नन्द फडेराले जानकारी दिए। कार्यालय कोठामा भएको सोलार एक सेट, दुई थान ल्यापटप, दुई थान डेस्कटप, चार दराज, चार सोफासेट, २० वटा प्लास्टिक कुर्ची, एक रिङ कुर्ची, तीनवटा मादल, हार्मानियम, ड्रम सेट, १२ सेट टेबल कुर्ची, दुईवटा प्रिन्टर, अत्यावश्यक कागजातलगायत सामग्री नष्ट भएका उनले शिक्षक नन्द फडेराले बताए। आगलागीको कारण भने खुल्न सकेको छैन आगलागी भएको समयमा कार्यालय कोठाको ढोकाको ताल्चासमेत नलगाई ह्यान्डिल मात्र लागेकाले घटना संकास्पद रहेको विद्यालयका श...
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
धर्म/संस्कृति, पर्यटन, समाचार, समाज

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

नेपालअखबार,म्याग्दी । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । “गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदे...
पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित
कृषि, समाचार, समाज

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

नेपालअखबार,इलाम । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दश वटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि  किसानहरू चिन्तित भएका हुन् । पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताए । “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ”, उनले भने,  “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु ।” निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपूरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ । “धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ”, उनले भने, “बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पार्‍यो ।” खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । मा...
फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक पलायन
विदेश, समाचार, समाज

फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक पलायन

नेपालअखबार,काठमाडौं । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ । कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन् । आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन । उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ ।समाारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघ...