Wednesday, May 13

समाज

प्रधानमन्त्रीको गाडी  संसद भवनबाट निस्कनेबित्तिकै आत्मदाह प्रयास
राजनीति, समाचार, समाज

प्रधानमन्त्रीको गाडी संसद भवनबाट निस्कनेबित्तिकै आत्मदाह प्रयास

नेपालअखबार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।  मंगलबार दिउँसो प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।...
रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर
समाचार, समाज

रु बीसमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुर

नेपालअखबार,  बाजुरा। विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सरे। भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुपर्यो । महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुङ्गा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए । दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन् । विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाएपापत पारिश्रमिक रु २० लिएर काम गरेको विगत सुनाए । “वनबास...
कुटपिटबाट विद्यार्थी घाइते भएपछि प्रधानाध्यापक पक्राउ
प्रशासन, समाचार, समाज

कुटपिटबाट विद्यार्थी घाइते भएपछि प्रधानाध्यापक पक्राउ

नेपालअखबार, तनहुँ। तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रधानाध्यापक प्रेम थापालाई पक्राउ गरेको छ। होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेको आरोप छ। उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडाकी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा उनी घाइते भएकी थिइन्। लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए। राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए। अन्य विद्यार्थीको अवस्था सामान्...
जुम्लामा हिमपात हुदा किसान खुसी
समाचार, समाज

जुम्लामा हिमपात हुदा किसान खुसी

नेपालअखबार, जुम्ला । जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ । हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । चन्दननाथ नगरपालिका-८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् । हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस १.४ रहेको छ । हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसमेत पुगेको थियो ।...
चिसोका कारण विकास र निर्माणमा समस्या
समाचार, समाज

चिसोका कारण विकास र निर्माणमा समस्या

नेपालअखबार, मनाङ । भौगोलिक  विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र  निर्माणका काममा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाईभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । वातावरण प्रतिकूल रहने  भएकाले बाँकी समय (चार पाँच महिना) मात्र काम गर्न सकिन्छ । वर्षाका कारण बेंशीशहर–चामे–मनाङ–खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कदा यातायात सोवा  अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको उनको भनाइ थियो ।  सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ । “चिसोका कारण माथिल्लो मनाङ (ढिकुर पोखरी, पिसाङ, हुम्...
पत्रकार पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष
समाचार, समाज

पत्रकार पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष

नेपालअखबार, पोखरा । काठमाडौंदेखि पोखरामा आउने क्रममा माघ १ गतेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ । पौडेल नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् । सोमबार कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । महासचिव पौडेलका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । महासंघ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग ...
आजकाे मौसम दिउँसो पनि मौसम सफा नै रहने, रातिदेखि पानी पर्ने सम्भावना
समाचार, समाज

आजकाे मौसम दिउँसो पनि मौसम सफा नै रहने, रातिदेखि पानी पर्ने सम्भावना

नेपालअखबार, काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ । सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।  ...
मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा
समाचार, समाज

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

नेपालअखबार, कास्की । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो । समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’ उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ...
खुम्बुमा चिसोले पानी जम्न थाल्यो
समाचार, समाज, हाइलाइट-समाचार

खुम्बुमा चिसोले पानी जम्न थाल्यो

नेपालअखबार, सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ । यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श...
ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु
अर्थ, समाचार, समाज

ललितपुरको भैंसेपाटीमा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालअखबार, ललितपुर। ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएका एक जना महिलाको मृत्यु भएको हो। धनकुटा घर भई हाल उक्त टहरामा बस्दै आएकी ३९ वर्षीय नम्रता राईको मृत्यु भएको एसपी पोखरेलले बताए। उनी उक्त टहरामा एक्लै बस्दै आएकी थिइन‍्। उनका अनुसार टहरामा पूर्ण रूपमा क्षति पुगेको छ। बिजुली सर्ट भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्‍याएको छ। प्रारम्भिक अनुमान अनुस...