Thursday, May 7

समाज

लमहीको जैविक विविधता पार्कमा सर्वसाधारणको भीड बढ्दै
समाचार, समाज

लमहीको जैविक विविधता पार्कमा सर्वसाधारणको भीड बढ्दै

नेपालअखबार, दाङ। लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ । पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने...
आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना ?
समाचार, समाज

आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना ?

नेपालअखबार, काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु कुहिरो लागेको छ महाशाखाका अनुसार शनिबार दिउँसोː प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आइतबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिम...
सडकमा गाउने २२ जना दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग
समाचार, समाज

सडकमा गाउने २२ जना दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

नेपालअखबार, पोखरा  । पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम आज (बिहिबार) प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे । उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशर...
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
शिक्षा, समाचार, समाज

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

नेपालअखबार,स्याङजा । स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए । “तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उनले भने, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद...
पोखरा महोत्सव पुस २७ गतेदेखि हुने
समाचार, समाज

पोखरा महोत्सव पुस २७ गतेदेखि हुने

नेपालअखबार, पाेखरा । पोखरा महोत्सवको ११ संस्करण अमरसिंह चोकमा पुस २७ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब आयोजनामा हुने पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिका बेटर हो एप्लायन्स हो । सह प्रायोजक रारा तयारी चाउचाउ गरेको छ । पर्यटन प्रवर्द्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक सुनारले बताए । उनका अनुसार महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद,  पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गरेको बताए । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल हुनेछन् । अहिलेसम्म सम्पूर्ण स्टलहरू बुकिङ भइसकेको क्लबले जनाएको छ ।  महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरूको ...
खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु
समाचार, समाज

खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु

नेपालअखबार, दैलेख। दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् । दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।...
पर्सामा विवाहमा झगडा हुँदा युवकको मृत्यु
समाचार, समाज

पर्सामा विवाहमा झगडा हुँदा युवकको मृत्यु

नेपालअखबार, वीरगञ्ज । पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका-३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जाद...
सर्लाहीमा चिसोको कारण २ जनाको मृत्यु
समाचार, समाज

सर्लाहीमा चिसोको कारण २ जनाको मृत्यु

नेपालअखबार, सर्लाही । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने  ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो । पुस ३ गते बिहान ८ बजे  राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ । प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो । नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, रौतहटको चपुरमा आइपुग्दा पुस ४ गते बिहान २ बजे उनको मृत्यु भएको थियो । मृतकको शव घरमा ल्याई सामाजिक परम्परा अनुसार सदगत गरिसकेपछि प्रहरीलाई घटनाबारे जानकारी आएको थियो । त्यसैगरि मंसिर २२ गते बिहान ९ बजे राम भगत माझीको चिसोकै कारण मृत्यु भएको दाबी स्थानीयले गर...
विदेशबाट फर्केर गाइपालन
अर्थ, कृषि, समाचार, समाज

विदेशबाट फर्केर गाइपालन

नेपालअखबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकी छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएकी उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकी छन् । यो पेसाबाट सन्तुष्ट भएकी बुढाथोकीले भनिन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा  व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएकी थिइन् । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकीले बताइन् । पछि नेपाली दूतावासको सयोगमा २०५६ स...
आफ्नै घरमा आगो लगाउँदा
समाचार, समाज

आफ्नै घरमा आगो लगाउँदा

नेपालअखबार, सर्लाही। सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। सर्लाहीको मध्यभागमा पर्ने हरिपुर–२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। इँट्टा र काठले बनेको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए। आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए। आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए। आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।...