Thursday, May 7

समाज

अनेरास्ववियु बाजुराले स्व. चेतनदिप अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने
समाचार, समाज

अनेरास्ववियु बाजुराले स्व. चेतनदिप अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने

नेपालअखबार, बाजुरा।अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ। बुधबार  नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो। गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान केन्द्रमा भएको चुनावको विषयलाई लिएर भएको विवादका क्रममा अनेरास्ववियुका नेता अयडीको कुटपिटबाट हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरी पक्राउ गरेको छ। अयडी हत्यामा किटानी जाहेरी परेका अझै १४ जना पक्राउ पर्न बाँकी छन्।...
बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का
समाचार, समाज

बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का

नेपालअखबार, बागलुङ। बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो। यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ। त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।...
सङ्कटमा प्रकृतिका कुचीकार-गिद्ध : पर्यावरणका लागि खतरा
समाचार, समाज

सङ्कटमा प्रकृतिका कुचीकार-गिद्ध : पर्यावरणका लागि खतरा

नेपालअखबार, लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश-पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताए । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो, गिद्ध । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन...
हिम आँधीका कारण अमेरिकामा ३ दर्जन बढीको मृत्यु
समाचार, समाज

हिम आँधीका कारण अमेरिकामा ३ दर्जन बढीको मृत्यु

नेपालअखबार, काठमाडाैं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा कम्तिमा ३८ जनाको ज्यान गएको छ। खराब मौसमका कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ। क्रिसमसको समयमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा मात्रै १२ जनाको मृत्यु भएको न्युयोर्क गभर्नर क्याथी होकुलले पुष्टि गरिन्। यात्रामा अहिले पनि समस्या रहेको छ भने देशभरि दशौं हजारका घरमा विद्युत आपूर्तिमा अवरोध आएको छ। न्यूयोर्कमा भारी ताल प्रभाव हिमपातले आपतकालीन उद्धार प्रयासहरूलाई अवरोध समेत गरेको छ। तूफान जस्तै शक्तिशाली हावाहुरी र हिमपातको अवस्थाकाले जनजीवन प्रभावित भएको हो। बफेलो एयरपोर्ट मंगलबारसम्म बन्द छ। राष्ट्रिय मौसम सेवाले आइतबार बिहान ७ बजेसम्म बफेलोको विमानस्थलमा ४३ इन्च हिमपात भएको जनाएको छ। न्यु...
काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रण
समाचार, समाज

काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रण

नेपालअखबार, काठमाडाैं । काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको हो। चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो। अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ।...
कालिमाटीमा फेला पर्‍यो शंखधर साख्वाःको मूर्ति
समाचार, समाज

कालिमाटीमा फेला पर्‍यो शंखधर साख्वाःको मूर्ति

नेपाल अखबार, काठमाडाैं । काठमाडौंको कालिमाटीमा शंखधर साख्वाः को मूर्ति फेला परेको छ। शनिबार काठमाडौं महानगर प्रहरी टोलीले परोपकार पुलमुनि शंखधर साख्वाःको मूर्ति फेला परेको महानगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार उक्त मूर्ति शनिबार फेला परेको थियो। तर भेटिएको स्थानबाट आइतबार मात्र निकालिएको हो। ‘कालिमाटी एरियामा ड्युटीमा भएका साथीहरूले हिजो छाप्रोमा मूर्ति देख्नुभएको रहेछ,’ उनले भने, ‘त्यो मूर्ति एक बाजेले फोहोरको थुप्रोसँगै रहेको छाप्रोमा लगेर राख्नुभएको रहेछ।’ पुलमुनि फोहोरको थुप्रोमा मूर्ति भेटिएपछि ती वृद्धले छाप्रोमा लगेर राखेको उनले बताए। अहिले उक्त मूर्ति महानगरको कार्यालयमा राखिएको छ। भोलि बिहान प्रक्रिया पुर्‍याएर पुरातत्व विभागलाई हस्तान्तरण गरिने उनले जानकारी दिए। यो मूर्तिबारे थप जानकारी नभएको उनले बताए।...
टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती
कृषि, समाचार, समाज

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

टीकापुर । कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ । सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् । ‘श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौं’, किसान धनसिंह साउदले भने, ‘यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए ।...
आज क्रिसमस डे मनाइँदै
समाचार, समाज

आज क्रिसमस डे मनाइँदै

नेपालअखबार, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद...
२४ औं भदौरे पञ्चासे महोत्सव आजदेखि
समाचार, समाज

२४ औं भदौरे पञ्चासे महोत्सव आजदेखि

नेपालअखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आज (शनिबार)देखि ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ शुरु भएको छ । ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ ।महोत्सवको उद्घाटन आज अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले गर्नेछन् भने समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले रहने आयोजकले जनाएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि सबै तयारी पुरा भएको महोत्सव संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ...
श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु
समाचार, समाज

श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ। शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिइन्। झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए। तल झर्नेक्रममा एक्कासी सिँढीबाट लडेर शेरबहादुर घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो। झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहे...