Tuesday, April 28

समाज

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग
समाचार, समाज

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग

नेपालअखबार,काठमाडौँ । बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमनमा ठप्प रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका केही मुख्य सडकहरू बाढी–पहिरोका कारण प्रभावित भएका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य बन्दै गएको देखिएको छ । कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई वटा एकतर्फी सुचारु रहेको जनाएको छ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध छ । यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटा चौविसे गाउँपालिका–४ चारखोलेमा बाढि पहिरोका कारण तममोर करिडोर र मिक्लाजुङ गाउँपालिका–७  ऐनेभिर राँके रबि भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध छ  । यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपा...
पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध
समाचार, समाज

पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

नेपालअखबार,मुस्ताङ । यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए । उनका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ ।  कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो । राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ता...
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त
अपराध, समाचार, समाज

गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त

नेपालअखबार,गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् । विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए । दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गर...
जोमसोम—कागबेनी सडक खुल्यो
समाचार, समाज

जोमसोम—कागबेनी सडक खुल्यो

नेपालअखबार,काठमाडौँ । निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन्। अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ। स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।...
बीपी राजमार्ग सञ्चालन अनिश्चित
समाचार, समाज

बीपी राजमार्ग सञ्चालन अनिश्चित

नेपालअखबार,काठमाडौँ । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण शुक्रबारदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । निरन्तर लेदो बगिरहेकाले अवरुद्ध हटाएर कहिले सडक सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे अनिश्चित बनेको सडक डिभिजन कार्यालय  भक्तपुरले जनाएको छ । पानी निरन्तर परिरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिएका छन् । अवरुद्ध राजमार्ग पानी रोकिएको डेढदेखि दुई घण्टाभित्र सञ्चालनमा आउने उनको भनाइ छ ।  ‘अहिले पानी निरन्तर परिरहेकाले सडक कहिले खुल्छ भनेर अनिश्चित बनेको छ,’ प्रमुख योगेशले भने– ‘तर पानी रोकिएमा डेढ–दुई घण्टाभन्दा बढी लाग्दैन, हामी तत्काल पहिरो पन्छाएर राजमार्ग सुचारु गर्छौँ ।’ योगेशका अनुसार राजमार्गको चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा मुख्यगरी लेदो झरेको छ । साना ढुङ्गाहरू खसेका स्थानमा सफा गरिए पनि लेदो...
बेनी–दरवाङ सडक अवरूद्ध
समाचार, समाज

बेनी–दरवाङ सडक अवरूद्ध

नेपालअखबार,म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरूद्ध छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक अवरूद्ध हुँदा स्थानीयवासीलाई गन्तव्यमा पुग्न समस्या भएको छ। जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी रोकिएको छ । दैनिक उपभोग्य सामग्रीको ढुवानी र ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु बजारीकरणमा समस्या भएको छ। यातायात ब्यवसायी यज्ञबहादुर थापाले सडकमा पहिरो थुप्रिनुका साथै माथिबाट निरन्तर पहिरो खसिरहने भएकाले दुर्घटनाको जोखिम रहेको बताए। उक्त स्थानमा विसं २०६१ मा सडकको मार्ग खोल...
मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन
समाचार, समाज

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

नेपालअखबार, मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ-मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ। त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे । यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्...
हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध
समाचार, समाज

हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध

नेपालअखबार,सुर्खेत । लगातारको हिमपात पछि उपल्लो डोल्पामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा चार दिन देखि अवरुद्ध भएको स्थानीयले बताएका छन् । पछिल्लो समय पाँच दिन देखि लगातार परेको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको शे–फोक्सुन्डो गाउँपालिकाका–५, भिरेलकी पेमा गुरुङले जानकारी दिइन् । ‘नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्रै काम गर्छन् । चार दिन देखि गाउँमा फोनको नेटवर्क छैन,’ गुरुङले अनलाइनखबरसँग भनिन, ‘म आजै सदरमुकाम दुनै झरेको छु । गाउँमा त कतै पनि सम्पर्क हुन सकेको छैन ।’ माथिल्लो डोल्पामा वर्षौं पुराना टेलिकमका टावरले राम्रोसँग सेवा नदिएको उनले गुनासो पोखिन् । अहिलेको समयमा गाउँमा मोटर बाटो पुग्नु त परको कुरा सामान्य सञ्चार सेवा समेत पुग्न नसकेको उनले बताइन् । जसले गर्दा वर्षौँदेखि सर्वसाधारणहरू मारमा ...
लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान
कृषि, समाचार, समाज

लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान

नेपालअखबार,महोत्तरी । दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ । महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो। खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ। बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबा...
बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति
समाचार, समाज

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

नेपालअखबार,मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण संकलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको । यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुंगा खस्दा कार्यालय भव...