Wednesday, May 6

समाज

अलबिदा निसिम : रुँदैनन मर्नेहरु, रुन्छन जलाउनेहरु ….
समाचार, समाज

अलबिदा निसिम : रुँदैनन मर्नेहरु, रुन्छन जलाउनेहरु ….

नेपालअखबार, पोखरा । मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।” आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे । हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन । अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे । तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभा...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
समाचार, समाज

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

नेपालअखबार, काठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो ।  डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन  कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो । उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।...
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै
अर्थ, समाचार, समाज

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

नेपालअखबार, काठमाडाैं । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यून रूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताउनुभयो । नेपाली व्यापार...
पाल्पामा अरिङ्गाल पोल्ने क्रममा  एक जनाको मृत्यु
समाचार, समाज

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु

नेपालअखबार, पाल्पा। पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा  सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु  रुखबाट खसेका थिए । रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको  प्रादेशिक अस्पताल बुटवलमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर थापाले बताए।...
बेगनास तालमा ढुंगा दुर्घटना : एक जना बेपत्ता, एकको उद्धार
समाचार, समाज

बेगनास तालमा ढुंगा दुर्घटना : एक जना बेपत्ता, एकको उद्धार

नेपालअखबार, पाेखरा । पोखराको बेगनास तालमा शुक्रवार ढुंगा दुर्घटना भएको छ । दिउँसो सवा ३ बजे बेगनास तालमा घुम्न पुगेका श्रीमान्÷श्रीमती दुर्घटनामा परेका हुन् । ढुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान् बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुर्घटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेको र गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए । ‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरूको ढुंगा एक्कासि पल्टिएको स्थानीयहरूले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।...
बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास
समाचार, समाज

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

नेपालअखबार,  कैलाली । कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। ‘घरभरि झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियौ’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ।’ घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेनन्। बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ। ‘असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो’, श्यामले भने, ‘जीवन अस्तव्यस्त भएको छ। बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ। त्रासैत्रासमा घर सफा गर्न थाल...
विस्थापित बाढीपीडित भन्छन्– रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ
समाचार, समाज

विस्थापित बाढीपीडित भन्छन्– रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ

नेपालअखबार, नेपालञ्ज। बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलकी पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगी संक्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो भुइँमा एउटा ओछ्याउन लगाउँछिन्, अनि सुत्छिन् त्यसपछि लामखुट्टेले उनलाई सुत्नै दिँदैन। रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ। उनी भन्छिन्- लामखुट्टेले सुत्न दिँदैन। अर्की बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगी संक्रमणको जोखिममा छिन्। उनले भनिन्, 'घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु।' उनीहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका ...
मौसम खराब हुँदा हेलिकप्टर आउन सकेन, गर्भवतीको मृत्यु
समाचार, समाज

मौसम खराब हुँदा हेलिकप्टर आउन सकेन, गर्भवतीको मृत्यु

नेपालअखबार, सिमकाेट। चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो। मौसमका सुधार नआएपछि हेलिकोप्टर पुन: सुर्खेतमै फिर्ता भएको थियो। रासस...
पहिराेले महाकाली राजमार्ग अवरुद्ध
समाचार, समाज

पहिराेले महाकाली राजमार्ग अवरुद्ध

नेपालअखबार, बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ । जनजीवन प्रभावित लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको  जनजीवन  प्रभावित भएको छ ।  बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको  हो । वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्य...
गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला
समाचार, समाज

गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

नेपालअखबार, गाेरखा। गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । “सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ”, उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।” घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले छ । घटनास्थलमा अहिले प्रहरीको ...