Wednesday, May 6

समाज

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन
धर्म/संस्कृति, समाचार, समाज

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

नेपालअखबार, पाेखरा । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । आजै साँझ धनक...
पामे सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
समाचार, समाज

पामे सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

नेपालअखबार, पोखरा। सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्तलाई बाचन गरेर मात्रै हैन आत्मसात गरेर काम गर्नु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै  सहकारीलाई सक्षम बनाउन सन्चित कोष रकम बढि जम्मा गर्नु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । त्यसै गरी पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना, सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रशासन अधिकृत चोलकान्त वाग्ले, कास्की बचत तथा ऋण सहकारीका शेरबहादुर कार्की लगाएतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए । कार्यक्रममा पामे सहकारीका संस्थापक अध्यक्ष प्रेमराज दवाडी, पोखरा २४ का वडा सदस्य रेशम सुबेदी, सृजनसिल ...
तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने
समाचार, समाज

तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने

नेपालअखबार, काठमाडाैं । सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो। परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे। परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नग...
बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
समाचार, समाज

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

नेपालअखबार, बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो...
ढुंगामाथि नै बन्ने भो मोटरेबल पुल!
समाचार, समाज

ढुंगामाथि नै बन्ने भो मोटरेबल पुल!

नेपालअखबार, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ। फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याब ढलान गर्ने कामबाहेक अरू केही भएको छैन। स्थानीयले ढुंगामाथि मोटरेबल पुल निर्माण गरेको भन्दै विरोध जनाएपछि निर्माणाधीन अवस्थामै पुलको काम रोकिएको थियो। 'भूगोलको कारण पनि त्यहाँ पुल सम्भव छैन भनेका थियौं', फलेवास नगरपालिकाका पूर्व नगरप्रमुख पदमपाणि शर्माले भने, 'शिलान्यास समारोहमा नै हुँदैन भनेका हौं, तर डिभिजन कार्यालयले के कारणले गर्‍यो?' प्राविधिक समस्या देखाएर पुलमा राजनीति गर्न खोजेको देवीस्थानका स्थानीयको बुझाइ छ। नेताहरूले बाहिर विकास गरेजस्तो देखाउने तर, भित्रभित्रै कामचाहिँ हुन नदिने खेलका कारण पाँच वर्षसम्म पनि पुल बन्न ...
चितुवाको आक्रमणबाट बन्दीपुरमा बालिकाको मृत्यु
समाचार, समाज

चितुवाको आक्रमणबाट बन्दीपुरमा बालिकाको मृत्यु

नेपालअखबार, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो। ‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,’ उनले भने। बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ। गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए...
भिरबाट लडेर वृद्धको मृत्यु
समाचार, समाज

भिरबाट लडेर वृद्धको मृत्यु

नेपालअखबार, अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए। उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भिरबाट लडेर उनको मृत्यु भएको हो। गमाल बाटोबाट झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका थिए। गएराति गमाल भिरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।रासस...
नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि
समाचार, समाज

नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

नेपालअखबार । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको रातोपाटीलाई बताए । भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।...
सीपले आत्मविश्वास बढायो, ’अब व्यवसाय गरेर आत्मनिर्भर बन्न चाहन्छौँ’
समाचार, समाज

सीपले आत्मविश्वास बढायो, ’अब व्यवसाय गरेर आत्मनिर्भर बन्न चाहन्छौँ’

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका वडा नं –१५ नयाँ गाउँमा अवस्थित सहयोगी संस्था ’ग्लो संस्था’ ले विभिन्न २० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान गरिरहेको छ। विगत लामो समयदेखि पोखरामा रहेर शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता,प्राविधिक तथा कृषि लगायतका क्षेत्रमा सहयोगीको भूमिका खेल्दै आइरहेको ’ग्लो संस्था’ ले हाल वडा कार्यालय १५ को समन्वयमा २० जना महिला दिदीबहिनीका लागि निःशुल्क सिलाई कटाईको तालिम सञ्चालन गरेको हो। तालिममा एकल महिला, अपाङ्ग महिला लगायत विभिन्न समस्यामा परेका महिलाहरू सहभागी छन्। संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले तालिमका लागि वडाबाट २२ जना महिला दिदीबहिनी सिफारिस भएपनि स्वास्थ्यका कारणले हाल २० जना मात्र तालिममा सहभागी भइरहेको बताइन्। उनका अनुसार पहिले–पहिले सिलाई कटाईलाई जातियताका आधारमा हेर्ने गरिएपनि समाजमा सीपको महत्त्वले स्थान पाउँदै गएपछि अचेल ...
अरिंगालको टोकाइले सल्यानमा आमा-छोरीको मृत्यु
समाचार, समाज

अरिंगालको टोकाइले सल्यानमा आमा-छोरीको मृत्यु

नेपालअखबार, सल्यान। सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ। अर्का एक जना बिरामी छन्। शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी र शोभाका अंकल २१ वर्षीय नवीन बस्नेतलाई सोमबार अपरान्ह साढे ५ बजेतिर अरिंगालले टोकेको थियो। उनीहरू आफ्नै खेतमा धान काटेर घर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार बिरामी भएका सबैलाई उपचारका लागि श्रीनगरस्थित परोपरकार अस्पताल लगिएको थियो। बिरामीमध्ये आमा-छोरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लैजाने क्रममा छोरीको जिल्लाकै त्रिवेणी गाउँपालिका ६ शंखुमलस्थित बाटोमै सोमबार बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो। त्यस्तै शोभालाई बाँके कोहलपुर मेडिकल कलेजमा गए राति १ बजेतिर पुर्‍याइएकोमा केह...