Monday, August 31

समाज

पृथ्वीराजमार्गका २०  ठाउँमा पहिरो
समाचार, समाज

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

नेपाल अखबार, धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।  सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए । राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ । राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ । धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने ग...
पहिरोले त्रिभुवन राजपथ  अवरुद्ध
समाचार, समाज

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

नेपाल अखबार, मकवानपुर । अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजिकै मध्याह्न १२ बजे पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले  बताए । त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिराले पशुचौपायासमेत पुरेको खबर आएको छ । रासस...
बाग्लुङमा गोठ पुरिँदा बेपत्ताको शव भेटियो
समाचार, समाज

बाग्लुङमा गोठ पुरिँदा बेपत्ताको शव भेटियो

नेपाल अखबार, बाग्लुङ । अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए । ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो । आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए । रासस...
नारायणीको सतहले खतराको विन्दु पार गर्यो
समाचार, समाज

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

नेपाल अखबार, चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिनुभयो । बीचको अवधिमा सन...
अझै तीनदिन देशभर वर्षा हुने
समाज, हाइलाइट-समाचार

अझै तीनदिन देशभर वर्षा हुने

नेपाल अखबार, पाेखरा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन् । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।  राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं। १, २, ५, वाग...
मञ्चको पहल एवम् समन्वयमा एक लाख ५० हजार सहयोग
समाचार, समाज

मञ्चको पहल एवम् समन्वयमा एक लाख ५० हजार सहयोग

नेपाल अखबार, पोखरा । भरतपोखरी विकास मञ्चको पहल एवम् समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ लप्सीकुनाका स्व.लेखबहादुर नेपालीका परिवारजनलाई लगभग एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । दुबै मृगौलाले काम नगरी असामयिक निधन भएका नेपालीको परिवारजनलाई मञ्चको पहल एवम् समन्वयमा हाल कुवेतमा हरनुभएका हुमनाथ गिरीले एक लाख रुपैयाँ सहयोग गरेका हुन् । गिरी सहित युवा उद्यमी प्रकाश श्रेष्ठले २० हजार रुपैयाँ, प्रकाश गौतमले १० हजार रुपैयाँ सहित माछापुच्छ«े टोल विकास संस्था, अन्नपूर्ण टोल विकास संस्था लगायतका संघसंस्था एवम् व्यक्तिबाट लगभग एक लाख ५० हजार रुपैयाँ संकलन भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । मञ्चले समाजिक विकासका साथै मानवीय सहयोगका विभिन्न क्षेत्रमा काम गर्दै आएको उनले बताए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले मानवी...
स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेला,१ जनाको जिवितै उद्धार
समाचार, समाज

स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेला,१ जनाको जिवितै उद्धार

नेपाल अखबार, पोखरा । स्याङ्जामा पहिरोमा पुरिँएका १० जनाको शव फेला परेको छ  । अविरल वर्षापछि स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा पुरिँएका १० जनाको शव  फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर  माथिबाट खसेको पहिरोले पुरिदा घरमा रहेका १० जना मध्ये ९ जना मृत्यु भएको हो  । पहिरोमा परेका एकजनाको भने जीवितै उद्धार भएको छ । पहिरोमा परी वेपत्ता भएका  २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाल, ६० वर्षीया सानी नेपाली, ९ वर्षीय बिवश नेपाली, अन्दाजी १४ को बिक्रम नेपाली,  १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली तथा ६।७ महिनाका नाम नखुलेका बालकको शव स्थानीयको सहयोगमा पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ । पहिरोबाट १६ वर्षीया मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको हो । गम्भी...
पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए
समाचार, समाज

पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए

नेपाल अखबार, पाल्पा  ।  पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् । गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए । घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । ‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’...
चार किलोमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड अबरुद्ध
समाचार, समाज

चार किलोमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड अबरुद्ध

नेपाल अखबार, चितवन । मुग्लिन– नारायणगढ सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।...
आज देशका सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज देशका सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपाल अखबार, ,पाेखरा। आज देशका सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्धारा जारी मौसम बुलेटिनमा उल्लेख छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको जनाइएको छ । विभागले यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको स्पष्ट पारेको छ ।...