Sunday, August 30

समाज

कास्कीमा  इञ्जिनियर मृत फेला
समाचार, समाज

कास्कीमा इञ्जिनियर मृत फेला

नेपाल अखबार, पोखरा । कास्कीमा हाइड्रोपावरमा कार्यारत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी गाउँपालिका-२ क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् । मादी गाउँपालिका-२ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाजा खान हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।...
मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला
समाचार, समाज

मकवानपुरमा पहिरोले पुरिएका पुरुषको शव फेला

नेपाल अखबार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ मा पहिरोले पुरिएर बेपत्ता भएका ५४ बर्षिय काले मोक्तानको शव फेला परेको छ । गएरातीको सुख्खा पहिरोले पुरिएका मोक्तानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) सुशिलसिंह राठौरले  जानकारी दिए । मृतक काले थाहा नगरपालिका–१२ का स्थानिय हुन् ।  थाहा नगरपालिकाको गैरीगाउँमा संचालित ढुंगाखानीमा जाने बाटोमा खसेको पहिरोले तिनवटा ट्रिपर र एउटा स्काभेटर पुरेको छ । मृतक सो खानीका गाडी रेखदेख गर्न खटिएका थिए । पहिरोका कारण त्रिभुवन राजथपमा सवारी अवागमनमा कुनै असर नपर्ने एसपी राठौरले बताए । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका ह...
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु
समाचार, समाज

कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु

नेपाल अखबार, टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै रहेकी लम्कीचुहाकै १४ वर्षीया भावना शर्मा भने घाइते भएकी छन् । हात र खुट्टामा गम्भीर चोट लागेकी घाइते बालिकाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस...
पोखरामा ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद
समाचार, समाज

पोखरामा ठुलो मात्रामा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

नेपाल अखबार, पोखरा । पोखरा उपत्यका तथा आसपासबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको छ । गत मङ्गलबार र बुधबार पोखराका विभिन्न स्थानहरुबाट कास्की प्रहरीले १० लिटर घरेलु मदिरा तथा ४ सय लिटर कच्चा पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार मङ्गलबार पोखरा -११ फुलबारी स्थित सुन्तली श्रेष्ठको कोठाबाट १ सय ५० लिटर कच्चा पदार्थ चिनी तथा मर्चा र सोही स्थानकी राधिका थापामगरको कोठाबाट १० लिटर तयारी मदिरा तथा १ सय ५० लिटर कच्चा पदार्थ बरामद गरिएको हो । त्यस्तै बुधबार कास्की-१४ मनकामना टोल स्थित टेकबहादुर गुरुङको घरबाट १ सय लिटर कोदो मर्चा र चिनी मिसाएको मदिराजन्य कच्चा पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।...
काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत
समाचार, समाज

काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत

नेपाल अखबार,काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान  स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ । गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।...
काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द
प्रशासन, समाचार, समाज

काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो । एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।...
लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि बाढीको जोखिम
समाचार, समाज

लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि बाढीको जोखिम

नेपाल अखबार,  सुर्खेत। कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा  बाढीको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् । राजापुर– ३ को तिघ्रामा कर्णालीले तटबन्ध भत्काउन थालेपछि स्थानीयवासी त्रसित्र बनेको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको बहाब बढ्दै जाँदा करीब पाँच सय मिटर तटबन्ध भत्किने खतरा बढेको छ । बाँध कटान गरिरहेका कारण करीब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए । बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ  । कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ । पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर...
पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित
समाचार, समाज

पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित

नेपाल अखबार, सल्यान। लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु¥याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा  छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र  विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ,  गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने । पहिरोले दार्मा गाउँपालिकाका नौ  घर तथा तीन  विद्यालयमा समेत क्षति पु¥याएको केसीले जानकारी दिए । “प...
मुस्ताङमा एक बालक मृत्यु
समाचार, समाज

मुस्ताङमा एक बालक मृत्यु

नेपाल अखबार, मुस्ताङ । मुस्ताङमा १७ महिनाको  बालक मृत्यु भएकाे छ ।बुधबार बिहान करिब १० बजे धनुषा बतेश्वर गाउँपालिका-१ का किरण थापाको १७ महिने छोरा कृष्ण थापाको जोमसोम अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा प्रयोग हुने कार्बुरेटर चुसेर बिरामी परेका बालकलाई जोमसोम जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । मुस्ताङ घरपझोङ गाउँपालिका-३ जोमसोम स्थित त्रिशुला मोटरसाईकल वर्कशप सञ्चालन गर्दै आएका थापाले आफ्नै वर्कशप सञ्चालन गर्दै अाएकाछन् । यस खबर प्राप्त भए लगतै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपाल अखबार, पाेखरा।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १  गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्ल...