Monday, May 4

समाज

पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा
समाचार, समाज

पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा

नेपालअखबार,काठमाडौं । पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो । कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन् । ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो । २४ घण्छामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो । रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ । रौतहटको गौरुडामा २०७ मिलिमिटर वर्षा भएको छ । गौरमा २५४ मिलिमिटर वर्षा भएको छ । बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ । बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ । अलि उत्तरतिरको भागमा भने तुलनात्मक रुपमा कम पानी परेको देखिन्छ । पर्साको टाँडी, बाराको सिमरा विमानस्थल र निजगढमा...
सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने : जल तथा मौसम विज्ञान विभाग
समाचार, समाज

सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने : जल तथा मौसम विज्ञान विभाग

नेपालअखबार,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसै सन्दर्भमा मन्त्री घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान र सम्भावित जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गरेका हुन्। शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरी आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिए...
जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम
समाचार, समाज

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम

नेपालअखबार,काठमाडौं । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ । अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले काठमाडौंका नदीहरुको बहाव बढ्दै गएर सतर्कताको तह नजिक पुगेको छ । बाढीको सतह अझै बढ्ने सम्भावना भएकाले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’ जल तथा मौसम विज...
विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको निर्देशन
समाचार, समाज

विपद् जोखिममा रहेकाहरूको उद्धारमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको निर्देशन

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न भूभागमा जारी मनसुनी वर्षामा विवेकपूर्ण ढंगले आ–आफ्नो क्षेत्रबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । बाढी, पहिरोका कारण उत्पन्न सम्भावित जटिल अवस्था र सोबाट मानवअधिकारको उपभोगमा पर्न सक्ने अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विपद्मा जनधनको क्षति नहोस् भन्नका लागि सबैले संयमता, धैर्यता, सक्रियता अपनाउन आयोगले आग्रह गरेको छ । ‘प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र विपद्बाट जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको विशेष जिम्मेवारी हुन्छ,’ आयोगले भनेको छ, ‘विपद्बाट जनधनको क्षति नहोस् भन्नाका लागि राज्यको सम्पूर्ण ध्यान विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित हुनु आवश्यक छ ।’ आयोगले व...
अरनिको र बीपी राजमार्गमा सवारीसाधन ‘होल्ड’
प्रशासन, समाचार, समाज

अरनिको र बीपी राजमार्गमा सवारीसाधन ‘होल्ड’

नेपालअखबार,काठमाडौँ । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पूर्वबाट आएका सवारी साधनलाई विभिन्न स्थानमा होल्ड गरिएको छ। निरन्तर वर्ष भएसँगै विभिन्न स्थानमा आएको लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको हो । यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट होल्ड गरिएको  ट्राफिक प्रहरीले जनाको छ। पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग होल्ड गरिएको छ।धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा पनि सवारी साधन सञ्चालन रोक लगाएको छ।...
३ दिनसम्म काठमाडौं उपत्यका भित्रिन र बाहिरिन रोक
प्रशासन, समाचार, समाज

३ दिनसम्म काठमाडौं उपत्यका भित्रिन र बाहिरिन रोक

नेपालअखबार,काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।...
खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित
प्रशासन, समाचार, समाज

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

नेपालअखबार,काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कुनै कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।...
यस वर्षको मनसुन केही ढिला बाहिरिने
समाचार, समाज

यस वर्षको मनसुन केही ढिला बाहिरिने

नेपालअखबार,काठमाडौँ । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए । वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने बताए । “त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले...
रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
प्रशासन, समाचार, समाज

रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।...
‘जडीबुटीको मूल्य पाइएन’
अर्थ, समाचार, समाज

‘जडीबुटीको मूल्य पाइएन’

नेपालअखबार,भोजपुर । यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाए । जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको  कृषक पास...