Sunday, August 2

समाज

करिब ५३ करोड लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति थालियो
समाचार, समाज

करिब ५३ करोड लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति थालियो

नेपालअखबार,म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ। गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रे गर्ने योजना थालिएको हो। पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको छ। म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले दिएको जानकारीअनुसार मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चित भएको थियो। योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्रे र ढलान गरिनेछ। पूर्वाधार...
मनाङमा बेपत्ता २ भारतीय नागरिकको शव फेला
समाचार, समाज

मनाङमा बेपत्ता २ भारतीय नागरिकको शव फेला

नेपालअखबार,काठमाडौँ । कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका २ भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीय प्रियन्साकुमारी पटेलको शव फेला परेको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार दिउँसो उनीहरूको शव फेला पारेको हो । मृतकहरू बाबुछोरी रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुन: कात्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टा...
उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै लिम्चुङबुङ
कृषि, समाचार, समाज

उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै लिम्चुङबुङ

नेपालअखबार,गाईघाट । उदयपुरका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् । पाँच वर्षयता प्रत्येक घरका कृषकले २०० देखि ४०० सम्म सुन्तलाका बिरुवा विस्तार गरेका उनले बताए । आफूले करिब ४५० बिरुवा हुर्काइसकेको जनाउँदै उनले बोटले फल दिन थालेका बताए । लिम्चुङ्बुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार पाँच वर्षदेखि पालिकालाई सुन्तला जोन बनाउने अभियान सुरु भएको छ । हालसम्म करिब ५० हजारभन्दा बढी सुन्तलाका बिरुवा विस्तार गरिएको उनले जानकारी दिए । लिम्चुङ्बुङ–४ जाँते हिम्मा, खोस्टुङ क्षेत्रमा पनि दशौँ हजार सुन्तलाका बिरुवा हुर्किएका छन् । अहिले यो क्षेत्र सुन्तलामय बनेको वडाध्यक्ष केशर ...
हिमपातपछि मुस्ताङका याक चौँरी बेँसीमा स्थान्तरण
कृषि, समाचार, समाज

हिमपातपछि मुस्ताङका याक चौँरी बेँसीमा स्थान्तरण

नेपालअखबार,मुस्ताङ ।  एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याक चौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याक चौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो । बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याक चौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याक चौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिरा...
सर्पको डसाइबाट महिलाको मृत्यु
समाचार, समाज

सर्पको डसाइबाट महिलाको मृत्यु

नेपालअखबार,झापा । सर्पको डसाइबाट झापाको गौरादहमा महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेकी छन्। घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए। केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ।...
नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप :अध्यक्ष मोख्तार अहमद
समाचार, समाज

नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप :अध्यक्ष मोख्तार अहमद

नेपालअखबार, काठमाडौं। नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप गरिएको अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । यस बर्ष हजमा जान चाहने इच्छुक नेपाली मुस्लिम समुदायको लागि अन्तिमपटक सबै परिस्थितिमाथि विचार गर्दै पुनः मंसिर ५ गते सम्म समय थप गरिएको छ।  समयमा नै आवेदन गरि प्राप्त कोटा संख्या १२०० भित्र आफ्नो सीट सुरक्षित गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। सूचना हेर्नुस्...
नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप :अध्यक्ष अहमद
समाचार, समाज

नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप :अध्यक्ष अहमद

नेपालअखबार,  काठमाडौं।  नेपालबाट हज यात्रा जान चाहनेका लागि फारम भर्ने म्याद थप गरिएको अध्यक्ष मोख्तार अहमदले जन्कारी दिनु भएको छ। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयासरत रहने अध्यक्ष मोख्तार अहमदले बताउनु भयो । यस बर्ष हजमा जान चाहने इच्छुक नेपाली मुस्लिम समुदायको लागि  सबै परिस्थितिमाथि विचार गर्दै पुनः मंसिर ५ गते सम्म समय थप गरिएको छ। समयमा नै आवेदन गरि प्राप्त कोटा संख्या १२०० भित्र आफ्नो सीट सुरक्षित गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। सूचना हेर्नुस्...
खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति
कृषि, समाचार, समाज

खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

नेपालअखबार,खोटाङ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा...
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
समाचार, समाज

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

नेपालअखबार,काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको  अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो ।...
नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने
समाचार, समाज

नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने

नेपालअखबार,जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ। बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ। त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार भारतको सितामढी र पूर्वी चम्पारण क्षेत्रमा निर्वाचन हुने भएकाले सीमा बन्द गर्नुपर्ने भएको हो। सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेव...