चरन अभावले मुस्ताङमा भेँडा-च्याङ्ग्रा व्यवसाय संकटमा
नेपालअखबार, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा निवासी सन्तोष परियार जसले लामो समयदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका छन् ।
उच्च हिमाली भेगको कठिन भूगोलमा च्याङ्ग्रा व्यवसाय गर्दै आएका परियारले गोठमा गोठालो नराखिकनै आफैं दैनिक उकाली ओराली गर्दै भीरपाखामा च्याङ्ग्रा धपाउँछन् । दिनभर भीरपाखामा च्याङ्ग्रा धपाउँदै बेलुकी सुरक्षित साथ गोठमा ल्याउनु परियारको दैनिकी नै हो ।
समुद्री सतहदेखी करिब ३ हजार ५०० मिटरदेखि ५ हजार भन्दा बढी उचाइमा च्याङ्ग्रा धपाउँदै आफ्नो व्यवसाय गर्दै आएका परियारले पछिल्लो समय चरनको अभाव हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
छिमेकी जिल्ला म्याग्दीबाट बर्खामा सिधै मुस्ताङको दर्जनबढी लेक र खर्कहरूमा बाख्रा र भेँडा ल्याइ चराउँदा घाँसको अभाव हुनुका साथै चरनको समेत अभाव हुन थालेको सन्तोष परियारले बताए ।
कुनै समय निर्धक्कसँग च्याङ्ग्रा पालन गरेका परिय...










