Tuesday, May 5

समाज

मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने
समाचार, समाज

मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने

नेपालअखबार,चितवन। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यसवर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्दछ । गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ। बाघ गणनाका लागि...
लम्पी स्किनविरुद्ध ६ हजार बढी चौपायालाई खोप
कृषि, समाचार, समाज

लम्पी स्किनविरुद्ध ६ हजार बढी चौपायालाई खोप

नेपालअखबार,चितवन । चितवनका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए । यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु  आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ...
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
समाचार, समाज

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

नेपालअखबार,तनहुँ । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो । आर्थिक वर्ष २०८२–८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।...
वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय
प्रशासन, समाचार, समाज

वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

नेपालअखबार,पर्सा। पर्साको वीरगञ्ज महानगरपालिकाले हैजा संक्रमणलाई मध्यनजरमा राखेर विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ। महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबार सम्मका लागि बिदा दिइएको बताए। त्यसअवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको छ। महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाउने भएको छ। विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न लागिएको हो। यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो।...
बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र
समाचार, समाज

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ। जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए। मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन। 'प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि रु तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ,' जगतगुरु मोहनशरण देवाचार्यले भने, 'सरकारबाट सहयोग प्राप्त भएको छैन।' उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए। मूर्ति निर्माणका लागि २०७४ सालमा भ्य...
विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  नेपाल कुरान कण्ठ प्रतियोगिताले समाजमा सद्भाव र शान्ति स्थापना गर्ने मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले बताउनु भयो । तेस्रो वर्ष पनि हामीले यो प्रतियोगितालाई निरंतरता दिएका छौ । यस्ता प्रतियोगिताले नेपाली मुस्लिम समुदायका बौद्धिक व्यत्तिहरुलाई प्रोत्सहन गर्नुका साथै धार्मिक शिक्षाले मानवमा नैतिक शिक्षा प्रदान गर्ने छ । वर्तमान समाजमा पनि नैतिक शिक्षाको आवश्यक रहेको छ । विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिकको शिक्षा आवश्यक रहेकाले  नेपाल कुरान प्रतियोगिता आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष अलीले बताउनु भयो । मुस्लिम आयोग र साउदी राजदूतावासको सहयोग र समन्वयमा संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक सहभागिले उमेरसमुह अनुशारको शाखामा योग्यता पुगेका ईच्छुक नेपाली मुस्लिम नागरिकहरुले पाउने गरि दर...
आज तीज पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज तीज पर्व मनाइँदै

नेपालअखबार,काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्याय बताउँछन् । स्वास्थ्य ठीक नहुनेले ...
देशभर ९५ प्रतिशत धान रोपाइँ सकियो, मधेश सबैभन्दा पछाडि
कृषि, समाचार, समाज

देशभर ९५ प्रतिशत धान रोपाइँ सकियो, मधेश सबैभन्दा पछाडि

नेपालअखबार, काठमाडौं । यस वर्ष देशभर हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८ भदौसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९४.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको हो । मनसुनको सक्रियता र किसानहरूको अथक मिहिनेतका कारण अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगे पनि धान उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा भने रोपाइँको गति सुस्त देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालभर कुल १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १३ लाख ६ हजार २ सय ९३ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । समग्रमा राष्ट्रिय औसत उत्साहजनक रहे पनि प्रदेशगत तथ्यांकमा भने भिन्नता देखिएको छ । सार्वजनिक विवरण अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा रोपाइँ लगभग सकिएको छ । सुदूरपश्चिममा ९९.७२ प्रतिशत र ...
भ्वाइस अफ वागीश्वरीलाई सघाउँंदै नेपाल इको प्यानल
समाचार, समाज

भ्वाइस अफ वागीश्वरीलाई सघाउँंदै नेपाल इको प्यानल

नेपालअखबार,काठमाडौं । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजनलाई नेपाल इको प्यानलले सघाउन थालेको छ । कार्यक्रममा नेपाल इको प्यानेलले प्रायोजन गरेर सघाउन थालेको हो । प्रत्येक वर्ष हुँंदै आएको भ्वाइस अफ वागीश्वरी यो वर्ष सिजन ४ सुरु भएको छ । यो वर्षको दोस्रो चरणको प्रतियोगिता पनि सम्पन्न भएको छ । ‎कार्यक्रमका संयोजक नवीन्द्रलाल कर्माचार्यका अनुसार दोश्रो चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १५ विद्यार्थीहरूले भाग लिएका थिए । करिब ११ बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । दोश्रो चरणबाट नौ प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएको ...
कैलालीमा उपचारका क्रममा एक बन्दीको मृत्यु
समाचार, समाज

कैलालीमा उपचारका क्रममा एक बन्दीको मृत्यु

नेपालअखबार,काठमाडौँ । कैलाली कारागारमा सोमबार दिउँसो उपचारका क्रममा एक जना बन्दीको उपचारका क्रममा मृत्यु भएको छ। टीकापुर–४ का ५८ वर्षीय रामकृष्ण चौधरीको उपचारका क्रममा प्रादेशिक अस्पताल धनगढीको दिउँसो मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। लम्सालका अनुसार उनी उच्च रक्तचापका बिरामी थिए। एकाएक उनलाई दिउँसो १२ बजेपछि असजिलो भएपछि उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रशासनका सूचना अधिकारी शिवराज जोशीले चौधरी एक डेढ महिना पहिले मात्रै पुर्पक्षका लागि कारागारमा बन्दीका लागि पठाइएका व्यक्ति थिए। शवको पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।...