Tuesday, May 5

समाज

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासङ्घले गर्‍यो आन्दोलन घोषणा
समाचार, समाज

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासङ्घले गर्‍यो आन्दोलन घोषणा

नेपालअखबार,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।सोमबार बसेको महासङ्घको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै २०८२ भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भदौ १३ गतेदेखि भने कालो ब्यानर राखेर सूचना तथा प्रसारण विभागमा धर्ना दिने निर्णय गरेको छ । सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक ...
सुन्दरताले भरिपूर्ण दिज गाउँ ओझेलमा छ
समाचार, समाज

सुन्दरताले भरिपूर्ण दिज गाउँ ओझेलमा छ

नेपालअखबार,ढोरपाटन (बागलुङ) । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ । प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् । गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष ख...
पर्सामा हैजा फैलिएपछि स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
प्रशासन, समाचार, समाज, स्वास्थ्य

पर्सामा हैजा फैलिएपछि स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने

नेपालअखबार, पर्सा।  पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले पर्सामा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो। सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो। निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए। सोही बैठकले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त ...
विपिन जोशीको आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे
समाचार, समाज

विपिन जोशीको आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए । नेपली कांग्रेसका युवानेता समाजसेवी डा.अबुल हुसैन अन्सारील...
वीरगन्जको हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय
समाचार, समाज, स्वास्थ्य

वीरगन्जको हैजा नियन्त्रणका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय

नेपालअखबार,काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिए । 'आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न मन्त्रीज्यूले निर्देशन दिनुभएको छ,' प्रवक्ता काफ्लले भने । गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा मुलुकको शान्तिसुरक्षाको समीक्षा भएको थियो । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ ।...
विपिनको रिहाइका लागि थप पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह
समाचार, समाज

विपिनको रिहाइका लागि थप पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह

नेपालअखबार,काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई थप पहल गरिदिन आग्रह गरेका छन् । विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री डा.राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेका थिए । मन्त्री डा. राणाको पहल एवं नेपालस्थित इजरायली राजदूताबासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए । इजरायलबाट फर्केपछि आज उनीहरुले मन्त्री डा. राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन् । उनीहरुले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुल...
पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान

नेपालअखबार,काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आइतबार तिजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो । यस्तै उक्त दिन मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिने समेत कोषले स्पष्ट पारेको छ । यस्तै पर्यटन प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।...
बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने
समाचार, समाज

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने

नेपालअखबार ,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ। मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँक...
मर्स्याङ्दी नदी किनारमा शव फेला
समाचार, समाज

मर्स्याङ्दी नदी किनारमा शव फेला

नेपालअखबार ,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ। नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए।...
अरिंगालको परिकारका स्वाद चाख्न बेनी आउने कि!
समाचार, समाज

अरिंगालको परिकारका स्वाद चाख्न बेनी आउने कि!

नेपालअखबार , म्याग्दी। म्याग्दीमा अरिंगालको परिकार पाहुनाको रोजाइमा परेको छ। होटललाई अरिंगालको माग धान्न र पुर्‍याउन हम्मे परेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगाल हुने गरेको बताए। ‘स्थानीयबासी मात्र नभएर अरिंगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउनथालेका छन्,’ उनले भने, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगालको उपभोग बढेको छ।’ थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगाल बिक्री हुन्छ । प्रतिप्लेट फ्राई अरिंगालको मूल्य रु ६०० देखि ७५० सम्म पर्छ। अग्ला रुखमा चढेर शिकारीले अरिंगालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिंगालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ । खबरा, लामाखेत, अर्थुङ्गे, ...