Wednesday, August 5

समाज

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
समाचार, समाज

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

नेपालअखबार,काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि  रुट परमिट खुला गरिएको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट-काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।...
आज घटस्थापना दशैं सुरु
धर्म/संस्कृति, समाचार, समाज

आज घटस्थापना दशैं सुरु

नेपालअखबार, काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । ‘जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’ विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी...
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु

नेपालअखबार,गाजा । गाजा सहरको साबरा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ। इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ। आइतबार बिहानै इजरायली युद्धक विमानहरूले साबरा क्षेत्रमा घरहरूको समूहमा बमबारी गरेको थियो। गत अगस्टको अन्त्यमा इजरायली ट्याङ्कहरूले यस क्षेत्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने योजनाका साथ अघि बढ्न थालेका थिए। आक्रमणपछि कम्तीमा १७ जनाको उद्धार गरिएको छ भने अन्य ५० जनासम्म भग्नावशेषमुनि फसेको हुनसक्ने अनुमान गरिएको छ। मानिसहरू र आपत्कालीन उद्धारकर्ताहरूले आफ्नो हातले भग्नावशेष हटाएर उद्धार कार्य जारी राखेका छन्। प्यालेस्टिनी परिवारले भग्नावशेषमा फसेका अन्य सदस्यहरूलाई बाहिर निकाल्न मद्दतका लागि तत्काल अपिल गरेका छन्। परिवारका सदस्यहरूले भग्नावशेषबाट अझै पनि आवाजहरू सुनिरहेको बताएका छन्। एक परिवारका सदस्यले भने, ...
पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
पर्यटन, समाचार, समाज

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

नेपालअखबार,म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वाता...
मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो
पर्यटन, समाचार, समाज

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

नेपालअखबार,मुस्ताङ । दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो । दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । गतवर्षको औसी तिथिमा एकैदिन २० हजार बढी तीर्थालुले कागबेनीमा श्राद्ध ...
मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने
प्रशासन, समाचार, समाज

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

नेपालअखबार,चितवन । पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लागिएको हो । अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ । तुइन खोलामा भीर नै सडकमा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो । शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट पन्छाउन थालिएकोमा खस्नेक्रम नरोकिँदा आइतबार अपरान्ह ४ बजेसम्म लागेको थियो । यस दौरान यातायात ठप्प हुँदा यात्रु सडकमै अलपत्र परेका थिए । पहिरो हटाएर सुरुमा एकतर्फी खुलाइएको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा छ । तर, रातिमा जोखिम देखिएकाले यातायात रोक्न ...
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन
समाचार, समाज

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

नेपालअखबार, कैलाली । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउछिन् । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन् । पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन् । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफैँ कपडा बनाउन थालेकी छु”, उनी भन्छिन्, “आ...
नेपाल प्रहरीलका अनुसार ६ वटा राजमार्ग छ अवरूद्ध?
समाचार, समाज

नेपाल प्रहरीलका अनुसार ६ वटा राजमार्ग छ अवरूद्ध?

नेपालअखबार, काठमाडाै‌ ।  नेपाल प्रहरीले ६ वटा राजमार्गमा विभिन्न स्थानमा अवरोध रहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार वर्षातपछि पहिरो खस्दा संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग अवरूद्ध छ। त्यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने पुल बगाएपछि अवरूद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा अरनिको राजमार्ग अवरूद्ध छ। यो खण्ड झन्डै दुई महिनादेखि अवरूद्ध छ। म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भीरमा बेनी–दरबाङ सडक खण्ड पूर्णरूपमा अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। जाजरकोटको नलगाड नगरपालिका–११ भीरकुनामामा जाजरकोट–डोल्पा सडक खण्ड पूर्णरूपमा अवरूद्ध छ। यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुलनजिकै पहिरो खस्दा उक्त राजमार्ग अवरूद्ध छ। त्यहाँ तीनवटा उपकरण प्रयोग गरी यातायात सञ्चा...
मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ
समाचार, समाज, हाइलाइट-समाचार

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ

नेपालअखबार,चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ । अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखि...
तयार भयो बीरगन्जको घण्टाघर
समाचार, समाज

तयार भयो बीरगन्जको घण्टाघर

नेपालअखबार, वीरगञ्ज। पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ। गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो। वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए। उनले भने, ‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो। अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ।’ महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुक...