Wednesday, August 5

समाज

यो वर्ष विपद्का घटनामा २४३ जनाको निधन
समाचार, समाज

यो वर्ष विपद्का घटनामा २४३ जनाको निधन

नेपालअखबार, काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । य...
गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा

नेपालअखबार, काठमाडौँ । गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् । ओछाले दिएको जानकारीअनुसार आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी,न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ । ‘हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका...
महासंघको माग पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न
समाचार, समाज

महासंघको माग पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न

नेपालअखबार, काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ । ‘प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न र पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउंदछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा बस्नेत स्वयम् र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्क...
काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
अपराध, समाचार, समाज

काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

नेपालअखबार,काठमाडौँ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा देशका दुई फरक स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो। उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेनीघाटले पीडितको उजुरीपछि उनलाई पक्राउ गरेको हो। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।...
आज विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै
राजनीति, समाचार, समाज

आज विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । ‘अघिल्ला वर्ष जस्तै यस वर्ष पनि संविधान दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक...
वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान
प्रशासन, समाचार, समाज

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

नेपालअखबार, कञ्चनपुर । वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ वटा पोलमा बत्ती जडान गरेको हो । समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ । “यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ, मानवीय क्षति न्यूनीकरणमा पनि मद्दत पुगेको छ”, अध्यक्ष विष्टले भने । उनका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीको सँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान ग...
गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा इजरायली स्थल आक्रमण, प्यालेस्टिनीहरूको पलायन जारी

नेपालअखबार, गाजा । इजरायलले गाजा सहरलाई कब्जा गर्ने उद्देश्यले ठुलो स्थल आक्रमण सुरु गरेपछि हजारौँ प्यालेस्टिनीहरू सहर छोड्न बाध्य भएका छन्। इजरायली सेनाले गाजा सहरको 'हमासको अन्तिम गढ’ मानिने क्षेत्रमा ३ हजार हमास लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताएको छ। रातभरको भारी बमबारीका बिच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीनवटा अलग–अलग आक्रमणमा बाल अस्पताललाई निशाना बनाइएको बताएको छ। मन्त्रालयका अनुसार यी आक्रमणका कारण अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्। इजरायली सेनाले भने यस रिपोर्टको अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि, इजरायली सेनाले दुई दिनमा गाजा सहरमा १५० भन्दा बढी ’आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो। कतारद्वारा कडा निन्दा इजरायलको यस कारबाहीको कतारले कडा निन्दा गरेको छ। कतारको विदेश मन्त...
सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी
समाचार, समाज

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

नेपालअखबार,कञ्चनपुर । वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ । वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी अझै सञ्चालनमा आउन नसकेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत गर्न सकिएको छैन”, उनले भने, “सडकमा खाल्डाखुल्डी छन्, ठुलो घाँस काट्नुपर्ने छ, पुल मर्मत गर्नुपर्ने छ दसैँ र तिहारकोबिचमा निकुञ्ज सफारी खोल्छौँ ।” निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन हजार तीन सय ७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ...
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै
समाचार, समाज

नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै

नेपालअखबार,काठमाडौं ।  काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए । उनका अनुसार यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ । मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेनजी’ का प्रदर्शनका ...
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
समाचार, समाज

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो

नेपालअखबार,चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।...