Thursday, August 6

समाज

मकवानपुरका पत्रकारले सफा गरे सडक
समाचार, समाज

मकवानपुरका पत्रकारले सफा गरे सडक

नेपालअखबार, हेटौंडा। जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर पत्रकारले सफा गरेका छन्। मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू फोहोर सफा गरेका हुन्। बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मंगलबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तोडफोड सडकमा ल्याएर आगजनी गरेका थिए। आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएका थिए। तिनले सर्वसाधारणलाई समेत आवागमन प्रभावित बनाएकाले सरसफाइ गरेको पत्रकार पोष्टराज अधिकारीले जानकारी दिए।...
सेनाले गर्‍यो ९४ वटा हतियार बरामद
प्रशासन, समाचार, समाज

सेनाले गर्‍यो ९४ वटा हतियार बरामद

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ। बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ। फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। अहिले १० बजेदेखि सेनाले निषेधाज्ञा जारी गरेको छ।...
जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
समाचार, समाज

जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते

नेपालअखबार, काठमाडौं । जेनजी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेको उपचार भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।न्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको हो। सचिव देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ ।  यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका उनले बताए। सचिव डा. देवकोटाका अनुसार अहिले...
त्रिविको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द
शिक्षा, समाचार, समाज

त्रिविको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द

नेपालअखबार, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको छ। त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आज सूचना जारी गर्दै पठन–पाठन कार्तिक ११ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ। रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण  हिउँदे बिदाबाट कटौती गर्ने गरी बिदा मिलाएको जनाए। सूचनामा भनिएको छ,'२०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ।'...
नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै
प्रशासन, समाचार, समाज

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बन्दै

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ । अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुन: कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन: कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ १९ गते गरेको प्रदर्शनमा १९ जनाको ज्या...
जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु
प्रशासन, समाचार, समाज

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

नेपालअखबार,काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए । यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए । यसैबिच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा  ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए । ती मध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।...
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो
समाचार, समाज

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो

नेपालअखबार, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।
टोपबहादुर रायमाझी पनि कारागारबाट फरार
समाचार, समाज

टोपबहादुर रायमाझी पनि कारागारबाट फरार

नेपालअखबार,काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्। सुन्धारा कारागारको भद्र बन्दीगृहमा रहेका रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्। कारागार स्रोतका अनुसार अहिले भद्र बन्दीगृहमा नभागेका एक सय जना कैदी छन्। त्यसबाहेक अरू बन्दीगृहमा तीन/ चार सय जना कैदीबन्दी छन्। कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्। अन्य कतिपय कैदीबन्दीहरूले भने प्रशासनमा फोन गरेर आफूहरू फर्किने बाचा गरिरहेको स्रोतले बतायो। 'हामी फर्किन्छौं, आउँछौं, हिजो त्यस्तै भयो भनेर फोन गरिरहेका छन्,' स्रोतले भन्यो। नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए। डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण ग...
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
समाचार, समाज

पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल

नेपालअखबार, काठमाडौँ । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ। यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ। विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह...
सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु
समाचार, समाज

सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु

नेपालअखबार,भरतपुर । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्। उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्। बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए। भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।...