जेनजी आन्दोलनमा ज्यान गुमाएका आलमको गरियोअन्त्येष्टि
नेपालअखबार,वीरगन्ज ।काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो ।
आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । गत मंगलबार जेनजीको प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले बताए ।
अन्सारीका अनुसार,आलमको पेट र छातीमा गोली लागेको थियो । गत मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्दा आलमको शव काठमाडौंको ...










