लेखनाथ पत्रकार मञ्चको आठौं स्थापना दिवस मनाइयो
नेपालअखबार, लेखनाथ । लेखनाथ पत्रकार मञ्चले आफ्नो आठौं स्थापना दिवस एक कार्यक्रमका बीच आज मनाएको छ ।
पृथ्वी राजमार्गको अर्घौं चोकमा अवस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण एवम् सरसफाई गर्दै मञ्चले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाले कवि शिरोमणिकै नाम जोडेर स्थापित मञ्चका कामहरू उहाँप्रति उच्च सम्मान र साहित्यिक क्षेत्रको योगदानलाई थप टेवा पुग्ने गरी गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
मञ्चका सल्लाहकार एवम् राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको अघौंचोकस्थित शालिकको विशिष्ट महत्व रहेको बताउँदै सडक विस्तारका क्रममा यसको विशेष संरक्षण गरिनुर्नेमा जोड दिनुुभयो । बृहत् पोखराका नाममा लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा समेटिएका अवस्थामा कतै यो क्षेत्र ओझेलमा पर्ने होकी भन...










