Friday, July 10

स्वास्थ्य

२वटा वडा सिल गर्न महानगरपालिकाको जिल्ला प्रशासन कार्यालयलाई आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

२वटा वडा सिल गर्न महानगरपालिकाको जिल्ला प्रशासन कार्यालयलाई आग्रह

नेपाल अखबार, पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरा १९ का १ जना को ज्यान गए पछि पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्कीलाई महानगरपालिकाको वडा नम्बर १६ र १९ सिल गर्न सिफारिस गरेको छ । ‘पोखरा १६ दिपचोकदेखि पोखरा १९ को लामाचौर हुँदै भुनपुरेसम्मको मुख्य सडकको वरपरको क्षेत्र, भक्तिपथ, सहरडहर, भण्डारी डहर लगायतका ठाउँमा पूर्ण रोक लगाउन माग गरिएकाे छ ।’ महानगरपालिकाका मेयर मानबहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएका छन् , ‘उपल्लो लामाचौर, चनौटे मार्ग, गेरीखोर, ढाड, एल एन्जल स्कुल, (साविक लामाचौर १ देखि ६) लाई कम्तीमा १ हप्ताका लागि सिलबन्दी गरी आवतजावतमा पूर्ण रुपले रोक लगाउन कडा कार्यालय १६ र १९ मार्फत अनुरोध भए आएकाले माग बमोजिमको व्यवस्था हुनका लागि अनुरोध गरिन्छ ।’ साथै पोखरा १९ लामाचौरका ६२ वर्षीय १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको र अन्य ६ जना आइसोल...
वीरगञ्जमा कोरोनाबाट थप एकको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोनाबाट थप एकको मृत्यु

इरफान अलि,वीरगञ्ज । कोरोना संक्रमणको कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। पछिल्लो मृत्युसँगै पर्सामा मात्रै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो। पर्सामा यसअघि ज्यान गुमाउने अधिकांश संक्रमितमा पनि मृत्युपछि मात्रै परीक्षण गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार राति उनलाई नारायणी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। स्वास्थ्यकर्मीका अनुसार उनी उच्च रक्तचाप र थाइराइडबाट समेत पीडित थिइन्। समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा विगत दुई सातादेखि निषेधाज्ञा छ।...
कोरोना संक्रमण र मृत्यु : अमेरिका र ब्राजिललाई पनि भारतले उछिन्यो
विश्व, स्वास्थ्य

कोरोना संक्रमण र मृत्यु : अमेरिका र ब्राजिललाई पनि भारतले उछिन्यो

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। संक्रमणमा पनि भारतले विश्वका सबै देशलाई उछिनेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण धेरैको मृत्यु भएको वर्ल्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा एक हजार १३ जनाले ज्यान गुमाएका छन्। ६२ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा भारतपछि मेक्सिकोमा धेरैले ज्यान गुमाएका छन्। मेक्सिकोमा ६ सय ९५, ब्राजिलमा पाँच सय ९३, अमेरिकामा पाँच सय २५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४७ हजार आठ सय २०, ब्राजिलमा २२ हजार दुई सय १३, मेक्सिकोमा साढे ६ हजारमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर चार हजार सात सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ भने दुई लाख १९ हजार भन्दा धेरैमा संक्रमण ...
कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना...
चीनमा देखियो अर्को भाइरस, सतर्क रहन डाक्टरहरुको चेतावनी
विश्व, स्वास्थ्य

चीनमा देखियो अर्को भाइरस, सतर्क रहन डाक्टरहरुको चेतावनी

नेपाल अखबार, एजेन्सी । चीनका चिकित्सकहरुले देशको जनसंख्यालाई अर्को एक भाइरसबाट पनि खतरा रहेको जनाएका छन् । साधारणतया यो संक्रमण किराले टोकेपछि फैलिन्छ, तर मानिसबाट पनि फैलनसक्ने विज्ञहरुले बताएका छन् । एसएफटिएस भाइरसले यस वर्ष चीनको पूर्वी जियाङसुर अन्हुुई प्रान्तका झन्डै ६० जनालाई संक्रमित गरिसकेको छ । र, त्यसमध्ये ७ जनाको मृत्यु भएको छ । प्राणघातक यस रोगको लक्षणका रुपमा ज्वरो, खोकी, थकान र वान्ता रहेका छन् । त्यस्तै, यसले ह्वाइट ब्लड सेल्सलाई कम गर्दै लान्छ । एसएफटिएस् नौलो रोग भने होइन, यस रोग पहिलोपटक  २००९ मै हुवेइ र हेनान प्रान्तमा देखिएको थियो । अहिले फेरि फैलिरहेको यस भाइरसको मृत्युदर १६ देखि ३० प्रतिशत रहेको चिनियाँ इन्फर्मेशन सिस्टम फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।  ‘प्रारम्भिक रुपमा यो संक्रमण किराको टोकाइले फैलने भएपनि मानिसबाट मानिसमा हुने संक्रमणलाई नजर अन्दाज ग...
न्युजिल्याण्ड कोरोनामुक्त भएको सय दिन पूरा
विश्व, स्वास्थ्य

न्युजिल्याण्ड कोरोनामुक्त भएको सय दिन पूरा

नेपाल अखबार, एजेन्सि। आइतबार न्युजिल्याण्ड कोरोनाभाइरसको संक्रमणमुक्त भएको एक सय दिन पुगेको छ । यस दौरान कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् । न्युजिल्याण्डको जनसंख्या मात्र पचास लाख रहेको छ । त्यहाँ धेरैका लागि जनजीवन सामान्य बनिसकेको छ । यहाँ मानिसहरु खचाखच भरिएको स्टेडियमा बसेर रग्बी खेल हेरिरहेका छन् । बिना कुनै डर बार र रेस्टुरेन्ट गइरहेका छन् । साथै मानिसहरु अझै पनि चिन्तित छन् किनभने यो आत्मसन्तुष्टिले भविष्यका लागि पर्याप्त तयारी नुहन सक्छ । गत मार्चको अन्तिममा न्युजिल्याण्डमा कडा लकडाउन लागू गरिएको थियो । त्यतिबेला देशमा मात्र १ सय जना कोरोना संक्रमित थिए । सख्त लकडाउनका कारण संक्रमण ब्यापकरुपमा फैलिन पाएन । पछिल्लो तीन महिनामा बाहिरबाट आएकाहरुमा पोजेटिभ पाइएका थिए । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको कारण उनीहरुले पनि संक्रमण फैलाउन पाएनन् । न्युजिल्याण्डमा ह...
पर्सामा ७४ जना कोरोना संक्रमित थपिए
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा ७४ जना कोरोना संक्रमित थपिए

इरफान अलि। पर्सामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार १४ महिला सहित पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिलो समय गरिएको स्वाबका नमूनाहरुको परिक्षणमा ७४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् । उनको मृत्यु उपचार नपाएर भएको हो । नया थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् । एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् । बाराका ३ जना र सर्लाहीका १ जनाको समेत क...
वीरगञ्जमा उपचार नपाएर मर्ने क्रम बढेको भन्दै  प्रदर्शन
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा उपचार नपाएर मर्ने क्रम बढेको भन्दै प्रदर्शन

इरफान अली ,वीरगंज। वीरगंजका विभिन्न आधा दर्जन भन्दा बढी अस्पतालहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाएकी २२ वर्षिया युवतीका परिवारजनले बीरगन्जस्थित नारायणी अस्पतालमा प्रदर्शन गरेका छन् । युवतीको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि शुक्रबार राति अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको आफन्तले जनाएका छन। उपचार नपाएर निधन भएकी युवतीका परिवारजनले यहाँका अस्पतालले बिरामीको हत्या गरेको आरोप लगाएका छन् । अस्पताल आएका बिरामीका आफन्तजनले नारायणी अस्पतालमा ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् । ढुंगामुढाका कारण नारायणी अस्पतालमा पार्किंग गरि राखिएको एक चिकित्सकको गाडिमा समेत क्षती पुगेको छ । क्षति पुर्याउने एक जना युवकलाई प्रहरीले हिरासतमा समेत लिएको छ । अस्पतालमा भर्ना लिईरहेको भनेर प्रचार गर्ने र वास्तविक्तामा सिकिस्त बिरामीलाई फर्काउने अवस्थालाई तुरुन्त सुधार गर्नुपर्ने माग राख्दै प्रर्दशन ग...
काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।   आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आइतबार देशभर ३८० जना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।...
धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु

नेपाल अखबार, धनुषा । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता  छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र  रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ ।  बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए । त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने ...