Thursday, July 9

स्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए । संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्। उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए। उनीहरु मध्य एक जना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीन जना भारतबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्। एक महिला र एक पुरुष अश्राङका, मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ। संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्...
२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)
समाचार, स्वास्थ्य

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)

नेपाल अखबार, काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा...
कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना रोकथाम र नियन्त्रण रणनीति सार्वजनिक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना भाइरस (कोभिड–१) को रोकथाम तथा नियन्त्रण रणनीति र योजना सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेका तयारी र योजनाबारे जानकारी गराएका हुन। कोरोना संक्रमण नियन्त्रणका लागि प्रादेशिक अस्पतालहरुमा समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको स्थापना, सबै अस्पतालमा शंकास्पद बिरामी जाँच गर्न छुट्टै कक्षको व्यवस्था, हब तथा सेटलाइट अस्पतालहरुमा पनि आइसोलेसन वार्डको व्यवस्था, आवश्यकता अनुसार खरिपाटी र नगरकोट क्वारेन्टाइनलाई निरन्तरता दिने, दैनिक जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गर्नेलगायत व्यवस्था गरिएको जानकारी देवकोटाले गराए।...
विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठनद्वारा कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचअो) ले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग (कोभिन-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक डा. टेड्रोस अधानोम गेब्रीयससले अन्तिम दुई सातामा चीन भन्दाबाहिर संक्रमितको संख्या १३ गुणाले बढेको बताए। उनले संक्रमणले खतराको घण्टी बजाइरहेको अहिलेको अवस्थाप्रति आफू गहिरो चिन्तामा रहेको उल्लेख गरे।  कुनै रोग एकै समयमा धेरै देशमा फैलिएमा डब्लुएचअोले विश्वव्यापी महामारी घोषणा गर्छ।  डा. टेड्रोसले कोभिन-१९ लाई विश्वव्यापी महामारी घोषणा गरे पनि यसको नियन्त्रणका लागि देशहरूले गर्नुपर्ने कामबारे डब्लुएचअोले दिएका सुझावलाई कुनै परिवर्तन नगर्ने बताए। ...
आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द
पर्यटन, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी दिएको हो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ । अनअराइभल भिसा प्रतिबन्द लगाइएका ८ देशका नागरिकले नेपाल आउनुपरेमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्नेछ ।...
अस्पतालमै कपडाका मास्क
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अस्पतालमै कपडाका मास्क

काठमाडौँ — बजारमा सर्जिकल मास्कको अभाव भएपछि राजधानीका सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कपडाको मास्क प्रयोग गर्न थालेका छन् । शल्यक्रिया कक्ष र आईसीयूमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्ने भए पनि नभएपछि कपडाको मास्क प्रयोग गर्न थालिएको हो । वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १ हजार ५ सय छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले सर्जिकल मास्क पाइन छाडेपछि कपडाका सिलाउन दिइएको बताए । ‘इमर्जेन्सीमै एक सय जना स्वास्थ्यकर्मी खटिएका हुन्छन् । ती सबैलाई दिनको एउटा मास्क दिन पनि सकिएको छैन,’ उनले भने, ‘कपडाको ५ हजार पिस मास्क सिलाउन दिइसकेका छौं, अब सर्जिकल मास्क प्रयोग गर्दैनौं ।’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसीमा पनि मास्क पाइँदैन । आईसीयू र आइसोलेसन वार्डमा काम गर्ने चिकित्सकका लागि आवश्यक पर्ने ‘एन–९...
प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने
राजनीति, समाचार, स्वास्थ्य

प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बुधबार सम्ममा डिस्चार्ज गर्ने तयारी गरेका छन् । गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले बुधबार सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको उपचारमा संलग्न डाक्टर पवन चालिसेले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज एकसाता पूरा भइसकेको छ ।...
प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले
राजनीति, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

प्रधानमन्त्री ओलीले नियमित खाना खान थाले

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहारा दिन र नियमित हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ। गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका ओलीको पाँचौं दिनमा गरिएको स्वास्थ्य परीक्षणमा भाइटल र ल्याब सूचक सामान्य रहेको अस्पतालले आइतबार विज्ञप्ति प्रकासित गरी जानकारी दिएको छ। यस्तै, उनलाई मिर्गौला दिने भान्जी समीक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।...
आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध
धर्म/संस्कृति, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । भेला भएर हाेली खेल्न निषेध ! यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठ...
नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक
विदेश, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।...