२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)
नेपाल अखबार, काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा...
