खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर
नेपालअखबार, खोटङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए ।
“गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो”, उनले भने, “नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष ...









