Tuesday, October 6

स्वास्थ्य

तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप
कृषि, समाचार, समाज, स्वास्थ्य

तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप

नेपालअखबार, तनहुँ। तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ। म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालिएको हो। पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए। उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ । उनले भने, 'व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ। क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ।' प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ। गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले भने, 'पहिलो चरणमा दुई हजार खोपको...
नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम
समाचार, स्वास्थ्य

नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

राजु गिरी, पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज ९बिहीबार० पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु सहभागिले बताएका थिए । अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको भनाई थियो । राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रमा समस्याको पहिचान गरि अनुगमन र उचित नीति नियम कार्यान्वयन गरिदिन उनिहरुको माग छ । पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेशा प्रति गलत टिप्पणी आइरहेको हुँदा उनीहरुको मनोवलला...
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो
समाचार, समाज, स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो

नेपालअखबार, काठमाडाैं। कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ। अहिलेसम्म १७ जना सक्रिय सङ्क्रमितछन्। कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन। यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो । गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो। रा...
१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
राजनीति, समाचार, स्वास्थ्य

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

नेपालअखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन्। यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ। स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ। पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र सम...
छ पटक म्याद थप्दा पनि बनेन स्वास्थ्यचौकी
समाचार, स्वास्थ्य

छ पटक म्याद थप्दा पनि बनेन स्वास्थ्यचौकी

नेपालअखबार,खोटाङ। खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ। विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो। यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ। दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो।  भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए। ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने। हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ। ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ। झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगाय...
दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालन
समाचार, स्वास्थ्य

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालन

नेपालअखबार, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । उनले भने, “अब नौवटा उपकरणबाट सेवा दिन सकिने भएको छ ।” चारवटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो । चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए । एघारवटै उपकरण...
गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप
समाचार, समाज, स्वास्थ्य

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो । पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा.लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार एक सय ३४ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ । त्यस्तै नौ सय १२ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार नौ सय २२ बाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा सात सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा.आर्चायले जानकारी दिए । त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र एक हजार छ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार छ सय ४७ ...
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान आरम्भ
समाचार, स्वास्थ्य

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान आरम्भ

नेपालअखबार, काभ्रे । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । “काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम स...
आजदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो, कसको कति ?
समाचार, समाज, स्वास्थ्य

आजदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो, कसको कति ?

नेपालअखबार, काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क  पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए । सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि  बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए । महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू नौ सय ४० देखि रू चार सय २० सम्म तोकिएको बताए । नयाँ शुल्कअनुसार प...
महिला स्वयम्सेविकालाई ५० हजारसम्म पेन्सन
प्रशासन, समाचार, स्वास्थ्य

महिला स्वयम्सेविकालाई ५० हजारसम्म पेन्सन

नेपालअखबार, गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरूआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरू गरिएको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए। उनका अनुसार अनिवार्य अवकाश हुने स्वयम्सेविकाहरूले मासिक एक हजार रूपैयाँ पेन्सन पाउनेछन्। गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहेका चारजना स्वास्थ्य स्वयम्सेविका सेवानिवृत्त भएका छन्। स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन्। उनीहरूले हालसम्म सेवारत रहेबापत ...