Saturday, July 11

स्वास्थ्य

कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। कास्की र तनहुँँ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ पुगेको सो प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये हालसम्म १६३९ जना संक्रमित निको भइसकेका छन्। सो निर्देशनालयले मंगलबार बिहान दिएको जानकारीअनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ जना र तनहुँ भानु नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी हुन् भने पोखरा–१० का पुरुष दुबईबाट स्वदेश फर्केका व्यक्ति हुन्।...
पोखरामा विहानै चार जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पोखरामा विहानै चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । पोखरामा एकाविहानै आज चार जनामा कोरोना संक्रमण पुष्टि भएको । पोेखराको वडा नं १३ मा दुई तथा वडा नं २८ र २९ मा एक÷एक जना थपिएका हुन् । वडा नं १३ का संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् भने अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । हालसम्म गण्डकीमा एक हजार ८९५ संक्रमित पुगेका छन् भने एक हजार ६३९ निको भएका छन् । आठ जनाको मृत्यु भएको छ । ...
दाङमा एकै परिवारका ८ जनालाई कोरोना संक्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

दाङमा एकै परिवारका ८ जनालाई कोरोना संक्रमण

नेपाल अखबार, दाङ। दाङमा एकै परिवारका ८ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ८ सहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एक जनामा कारोना संक्रमण पुष्टि भएको हाे। गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनका अनुसार संक्रमितमा ५ वर्षका बालकदेखि ४२ वर्षसम्म उमेरका छन्। शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन्। रासस...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  थप एकजनाकाे  मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाकाे मृत्यु

नेपाल अखबार, पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गत असार १७ गते उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका म्याग्दीको धवलागिरी गाउँपालिका–४ का ४७ दिनका नाबालकको मृत्यु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनका अनुसार गण्डकी प्रदेशको तथ्याङ्कमा समावेश गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती जारी गरी जनाएको छ । यसअघि गण्डकीका कास्की र स्याङ्जामा दुई÷दुई तथा तनहुँ, गोरखा र बाग्लुङमा एक÷एक जना संक्रमणबाट मृत्यु भएका थिए। त्यसैगरी आज पुनः गण्डकीमा दुई संक्रमित थपिएका छन् । पोखरा–२९ का २० वर्षीया महिला तथा नवलपरासीका ४७ वर्षीय पुरुष छन् ।...
बितेको २४ घण्टामा देशभर ७४३ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा देशभर ७४३ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । बितेको २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र  होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा  १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ। यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा सुनसरीका १, मोरङका १, पर्साका १, काठमाडौंका १, रुपन्देहीका ४ जना गरी  ८ जन...
पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै
विश्व, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

नेपाल अखबार, एजेन्सि ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसले ज्यान गुमाएका छन्। यस बीचमा संक्रमित पनि विश्वमै सबैभन्दा धेरै भारतमा फेला परेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ। दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।...
पाल्पामा पीसीआर मेसिन जडान गर्न १ करोड निकासा
प्रदेश ५, समाचार, स्वास्थ्य

पाल्पामा पीसीआर मेसिन जडान गर्न १ करोड निकासा

नेपाल अखबार, रामपुर । पाल्पामा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ । जिल्ला अस्पताल पाल्पामा मेसिन खरिदका लागि संघीय सरकारले रकम पठाएको हो । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकबाट एक करोड रुपैयाँ निकासा भएको छ । जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले बताए । मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेय बताउँछन् । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ । जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँद...
गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ । म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्...
देशभरमा ८१८ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभरमा ८१८ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा थप ८१८ जनामा कोरोना पुष्टि भएको हो। २२० महिला ५९८ पुरुष गरी ८१८ जान संक्रमित भेटिएको प्रवक्ता गौतमले जनाकारी दिए।...
पर्सामा आइसोलेसन वार्डको अभाव, संक्रमित २ थुनुवा अस्पतालबाटै फरार
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा आइसोलेसन वार्डको अभाव, संक्रमित २ थुनुवा अस्पतालबाटै फरार

इरफान अली, पर्सा। विगत केही दिन यता पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको छ । वीरगंजको अधिकांश क्षेत्र कोरोना प्रभावित भएको छ भने पर्सा जिल्लामा आईसोलेशन वार्डको कमी हुन थालेको छ । कोरोनाको उपचारका लागि पर्सा जिल्लाका विभिन्न अस्पतालहरु कोभिड अस्पतालमा परिणत समेत  गरिएका छन् । कोरोना उपचारकै क्रममा वीरगंजको कोभिड अस्पतालबाट २ जना कोरोना संक्रमित फरार भएका छन् । छोटु तिवारी र रामु माझी दुई जना थुनुवा फरार भएका जिल्ला प्रहरी र्कायलय पर्साले जनाएको छ । दुई जनै सार्वजनिक मुद्दामा पक्राउ भई थुनुवा कैदी हुन् । वीरगन्जका विभिन्न कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको उपचारका लागि वीरगन्जको नारायणी कोभिड अस्पतालमा भर्ना गराइएको पर्साका प्रहरी नायब उपरीक्षकले बताए । शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा ब...