Monday, June 1

अपराध

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ
अपराध, प्रशासन, समाचार

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जीबी राईका साझेदार रामबहादुर खनाल पक्राउ

नेपालअखबार, काठमाडौँ  । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटडका पनि शेयरधनी हुन् । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानका क्रममा रहेकै बेला खनाललाई पनि सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनलाई शुक्रबार नै जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको बोगटीले बताए ।...
मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री
अपराध, समाचार, समाज

मुस्ताङमा १६ करोडको भेडाच्याङ्ग्रा बिक्री

नेपालअखबार,म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्”, उनले भने, “सरदर मूल्यअनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् । गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको...
सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ

नेपालअखबार,काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको छ । एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए । पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो । प्रहरीका अनुसार उनी बिहानदेखि साँझसम्म वृन्दावनस्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ने, राति एउटा सामान्य कोठामा गएर सुत्ने गरेका थिए । उनी भारतकै असम, ओडिसाका साथै नेपालमा समेत लुक्ने कोसिस...
प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर
अपराध, विदेश, समाचार, समाज

प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर

नेपालअखबार,काठमाडौँ । कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो । अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए । प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै आवश्यकता पूरा गर्नका लागि आफूले चोरी गरेको उनले प्रहरीसमक्ष बताएका छन् । किनमेलका लागि मलमा जाने, क्लबमा गएर मोजमस्ती गर्ने, आइफोन चाहिने, फिल्म हेर्ने लगायतका खर्चालु माग प्रेमिकाले गरेपछि आफूले चोरी गरेको उनको भनाइ छ । एक साता अघि उनले गोमती नगरका तीन घरमा चोरीमा गरेको बताइएको छ । उनको साथबाट प्रहरीले गहना र नगदसमेत बरामद गरेको छ । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनलाई पहिचान गरेर गिरफ्तार गरेको जनाइएको छ ।...
घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ
अपराध, समाचार, समाज

घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ

नेपालअखबार,वीरगन्ज । दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । असार २४ गते राति जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् ।  उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए । साे समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताइन् । घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम...
एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट युवक पक्राउ
अपराध, समाचार

एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट युवक पक्राउ

नेपालअखबार, काठमाडौं । नक्कली नोटसहित ललितपुरबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका-८ सौगलमा कोठा लिएका थिए। आइतबार सोही कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको एसपी सुवेदीले जानकारी दिए। त्यहाँबाट फोटोकपी मेसिन  र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ। पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।...
शौचालयबाट फरार भए कैदी
अपराध, समाचार, समाज

शौचालयबाट फरार भए कैदी

नेपालअखबार,झापा।  जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ। भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ। छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए।...
अठार लाख नगदसहित ९ जुवाडे पक्राउ
अपराध, प्रशासन, समाचार

अठार लाख नगदसहित ९ जुवाडे पक्राउ

नेपालअखबार, मोरङ । मोरङमा १८ लाख रूपैयाँसहित ९ जना जुवाडे पक्राउ परेका छन्। मोरङको ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीबाट शनिबार राति ८ बजे जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार जुवा खेलाइएको गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, हरैँचा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा पुगेको थियो। जुवा खेलिरहेको अवस्थामा मोरङ ग्रामथान गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी, ५९ वर्षीय शिवनारायण माझी,  सुनसरीको दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिश्वर साह, मोरङको सुन्दरहरैचा नगरपालिका-१ का ५० वर्षीय जनक कुमार, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋ...
कास्कीमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ
अपराध, समाचार, समाज

कास्कीमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

नेपालअखबार, पोखरा । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीकै अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर छन् । कुँवरले गएराति ४० वर्षीय श्रीमती राधिका कुँवरमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ । प्रहरीका अनुसार कुँवरले सामान्य विवादमा श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते राधिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।घटनामा प्रयोग भएको खुकरीसहित कुँवरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा, एक पुरुष पक्राउ
अपराध, समाचार, समाज

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा, एक पुरुष पक्राउ

नेपालअखबार, सङ्खुवासभा । १५वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सङ्खुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हरि बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...