Wednesday, July 29

अपराध

बारामा भारतीय युवकको गोली हानी हत्या
अपराध, समाचार, समाज

बारामा भारतीय युवकको गोली हानी हत्या

नेपालअखबार, बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए । त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ भने घटनाबारे...
दश लाख भारुसहित एक भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

दश लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार, मोरङ । दश लाख अवैध भारतीय रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार विराटनगर महानगरपालिका १६ दक्षिण गेट छेउबाट बिहार  खगडिया गाउँ पञ्चायत महेसखुट बस्ने ३२ वर्षीय चन्दनकुमार यादव भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दश लाख ५० हजार भारतीय रुपैयासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।...
प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ
अपराध, समाचार

प्रहरीबाट लुटिएको चाइनिज पेस्तोलसहित ६ जना पक्राउ

नेपालअखबार, मोरङ ।  मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा लटुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेशनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ४ बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बुढिगंगा गाउँपालिका ४ बस्ने ४० वर्षीय रिवजवन मिया, भारत घर भई हाल सुनसरीको दुहबी नगरपालिका ६ बस्ने ४० वर्षीय मो.आलम, मोरङ बुढिगंगा गाउँपालिका ५ बस्ने २१ वर्षीय नजरुल मिया र बुढिगंगा गाउँपालिका ४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन् । पक्राउ परेकाहरुबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीेले जानकारी दिएको छ  । बरामद चाइनिज पेस्तोल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट अपरेशनको लागि खट...
गैंडाको खागसहित ४ जना पक्राउ
अपराध, समाचार

गैंडाको खागसहित ४ जना पक्राउ

नेपालअखबार, काठमाडौं । गैंडाको खागसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ रहेका प्रहरीले जनाएको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट २ जनालाई पक्रेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार ती दुई जनाले दिएको बयानका आधारमा अरु २ जना पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक ...
भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउने युवक पक्राउ
अपराध, समाचार

भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउने युवक पक्राउ

नेपालअखबार, काठमाडौं । भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् । उनलाई आज बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।...
भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ
अपराध, समाचार

भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

नेपालअखबार, काठमाडौं । भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोली उनलाई फेला पारेको थियो । त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिए । प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८/३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले ज...
ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा
अपराध, प्रशासन, समाचार

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौँ । सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठकबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् । १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन राखी फिर्ता नदिएर उनले सेवाग्रहीसँग १८ लाख मागेका थिए । सुन धनीले आठ ल...
तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
अपराध, समाचार, समाज

तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नेपालअखबार, तनहुँ। तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। ऋषिङ गाउँपालिका-६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्। थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए। थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।...
सुन तस्करीको फेरियो शैली
अपराध, पत्रपत्रिका, प्रशासन, समाचार

सुन तस्करीको फेरियो शैली

नेपालअखार, काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् । सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले ज...
कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ
अपराध, समाचार

कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ

नेपालअखबार, काठमाडौँ । ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् । जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए । आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।...