Friday, July 31

अपराध

पाेखरामा लागू औषध सहित १ जना पक्राउ
अपराध, समाचार

पाेखरामा लागू औषध सहित १ जना पक्राउ

नेपालअखबार, पाेखरा । पाेखरामा लागू औषध सहित १ जना पक्राउ गरेकाे छ । आज  २२:३० बजेको समयमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोक स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा विशाल थारू पक्राउ परेका छन् । पोखरा तर्फ आउँदै गरेको हाईसमा सवार जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को विशालदिसवा थारूको साथबाट १७७ पिस नाईट्रोभ्याट लागू औषध बरामद भएको हुँदा  पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी जिल्ला प्रहरी कास्कीले जानकारी दिएकाे छ।...
जुवाडे पछ्याउँदा २४ राउण्ड गोलीसहित हतियारसमेत बरामद
अपराध, समाचार, समाज

जुवाडे पछ्याउँदा २४ राउण्ड गोलीसहित हतियारसमेत बरामद

नेपालअखबार, पोखरा । जुवा खेलिरहेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडे पक्राउ गरेको छ । जुवाडे पछ्याउँदै गएको प्रहरीले २४ रोउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत बरामत भएको छ । प्रहरीलाई कौडा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली नै खटाएको थियो । पोखरा–२२ खाल्सेस्थित चिसाखोलामा भेषबहादुर गुरुङको घरमा जुवा (कौंडा) खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने घर खानतलासी गर्दा २४ राउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । अत्याधुनिक रुपमा सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने डिजिटल प्रणालीको प्रयोग गरी जुवातास खेल्दै गरेका मानिसहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भेषबहादुरसहि...
रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वषर्ीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वषर्ीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वषर्ीय ङ्वाङ लोप्साङ तामाङ छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।...
ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ
अपराध, समाचार, समाज

ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

नेपालअखबार, काठमाडौँ । ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी छन् । स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् । प्रहरीले उनलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।...
झोलुङगे पुलका सामान चोरी
अपराध, समाचार, समाज

झोलुङगे पुलका सामान चोरी

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् । पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् । गत वर्षको भदौमा नदीमा आएको बाढीले रु तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो । नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ । पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताए । “दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्”, उनले भने, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै...
पिओएस मेशिन दुरुपयोग गरेर ठमेलमा व्यापार गर्नेले ठगे १ करोड ५८ लाख
अपराध, समाचार

पिओएस मेशिन दुरुपयोग गरेर ठमेलमा व्यापार गर्नेले ठगे १ करोड ५८ लाख

नेपालअखबार, काठमाडौं । काठमाडौंको ठमेलमा थान्का र मुर्तीलगायतको कारोबार गर्छन्, किसनराज सिंह । नयाँ बजारका रैथाने सिंह अहिले बैंकिङ कसुर मुद्दामा थुनामा छन् । पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन मार्फत बैंकको रकम अपचलन गरेको मुद्दामा उनी थुनामा परेका हुन् । नेपाल एसबिआई बैंकबाट अनधिकृत रुपमा पिओएस मेशिनमार्फत रकम अपचलन गरेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको हो । उच्च अदालत पाटनले तोकेको धरौटी तिर्न नसकेपछि किसन राजलाई थुनामा पठाइएको सिआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए । किसन राज सिंहले नेपाल एसबिआई बैंकको ठमेल शाखाबाट बैंकिङ कारोबार गर्नका लागि पिओएस ‘पोइन्ट अफ सेल्स’ मेशिन लिएका थिए । बैंकले धेरै रकम कारोबार गर्नेहरुलाई त्यस्तो मेशिन उपलब्ध गराउँछ । तर, सिंहले रकम अपचलन गर्नकै लागि मेशिन लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धा...
युवाहरुबिच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु
अपराध, समाचार, समाज

युवाहरुबिच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु

नेपालअखबार, सुर्खेत। युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्। उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए । दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए । मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए । झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा  सामान्य उपचार गरी डिस्चार्ज भइस...
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
अपराध, विश्व, समाचार

अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या

नेपालअखबार, काठमाडौं । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ । प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ । घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।  ...
यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा
अपराध, प्रशासन, समाचार

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

नेपालअखबार, काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो । बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन । छानबिन समितिका एक सदस्यका अनुसार, एसएसपी पालले बिदामा जान लागेकी कर्मचारीलाई ‘तिमी...
काठमाडौंमा ५ किलो चरेशसहित दुई जना पक्राउ
अपराध, समाचार

काठमाडौंमा ५ किलो चरेशसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। काठमाडौंमा पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्। उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो।  उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।...