भारत : १२ वर्षीय बालिका बलात्कारको आरोपमा चालक पक्राउ
नेपालअखबार, एजेन्सि। भारतको मध्य प्रदेशको उज्जैनमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक अटो रिक्सा चालकलाई पक्राउ गरेको छ ।
सेप्टेम्बर २५ मा उज्जैनमा एक बालिकाको बलात्कारको घटना बाहिरिएको थियो । प्रहरीका अनुसार बालिका दिउँसो ३ देखि ६ बजेको समयभित्र बलात्कृत भएकी थिइन् ।
सोमबार साँझ महाकाल प्रहरी चौकी इलाकाको बदनगर रोडमा रहेको डाँडी आश्रम नजिक ती बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । उनको लुगा रगतले लतपतिएको थियो ।
यस घटनामा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले दोषीलाई कडा सजाय दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । आफूले निरन्तर अनुसन्धानको जानकारी लिइरहेको उनले बताए ।
उनले भने, ‘आरोपी पक्राउ परेका छन्, उनी उज्जैनकै हुन्, उनको नाम भरत हो । यस्ता मानिसहरू समाजमा बस्न लायक हुँदैनन् । उसलाई कडा भन्दा कडा सजाय हुनेछ । कडा कारबाही गर्न कुनै कसर बाँक...









