Saturday, May 9

अपराध

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ
अपराध, समाचार, समाज

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ

नेपालअखबार, पर्सा । स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट स्रोत नखुलेको रकमसहित बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि  आफैँलाई गोली हाने एक युवकले
अपराध, विदेश, समाचार, समाज

भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि आफैँलाई गोली हाने एक युवकले

नेपालअखबार, उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए । जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ
अपराध, समाचार, समाज

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

नेपालअखबार, दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।त्यसअघि छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन् । बिहीवार साँझमात्र पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...
अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि
अपराध, विदेश, समाचार

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि

नेपालअखबार, सिडनी । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् । हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टी भएको छ । नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनी बिरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरी माथी थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन् । भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यव...
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद
अपराध, समाचार

आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद

नेपालअखबार, इलाम । आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटना लगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा...
अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या
अपराध, समाचार, समाज

अर्कै प्रेमी रहेको थाहा पाएपछि श्रीमतीको हत्या

नेपालअखबार, तनहुँ। तनहुँमा बोराभित्र मृत फेला परेको युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो। मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्। कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो। एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए। उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए। त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए। हत्यापछि उनले व्यास-४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्...
बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद
अपराध, समाचार

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

नेपालअखबार ,सप्तरी ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय रुपैयाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ। स्रेस्तेदार कुमार मास्केका अनुसार देवले १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो। राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए। बालिकाहरू भागी अपहरण मुक्त भएपछि पीडितका आमाहरूले जिल्ला प्रहरी कार्यालयमा ...
महिलाको हत्या आरोपमा एक जना पक्राउ
अपराध, समाचार

महिलाको हत्या आरोपमा एक जना पक्राउ

नेपालअखबार, काठमाडौँ । महिलाको हत्या गरी पोखरीको छेउमा गाडेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले महिलाको हत्या गरेको आरोपमा बाराको कलैया नगरपालिका १८ घर भई हाल जनकपुर बस्दै आएका २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको हो । मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका ८ की ४२ वर्षीय उषा दासको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले मण्डललाई चितवनको हाकिम चोकबाट पक्राउ गरेको बताएको छ । प्रहरी अनुसन्धानबाट मण्डल र दासबीच अनैतिक सम्बन्ध रहेको पाइएको छ  । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले दुई जनाबीच विवाहको विषयमा विवाद हुँदा मण्डलले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।...
श्रीमानकी पूर्वप्रेमिकाको गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने महिला पक्राउ
अपराध, समाचार, समाज

श्रीमानकी पूर्वप्रेमिकाको गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने महिला पक्राउ

नेपालअखबार, काठमाडाैं। महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। पीडित महिलाका अनुसार सुरूमा उनलाई एक पुरूषको खाताबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो। उक्त रिक्वेस्‍ट आएपछि उनीहरूबीच कुराकानी हुँदै गयो र पछि प्रेम सम्बन्ध पनि गाँसियो। 'फ्रेन्ड रिक्वेस्ट आएपछि मैले स्वीकार गरेँ र म्यासेन्जरमा कुराकानी गर्न थालेका थियौं। त्यस क्रममा हामीले एकअर्कालाई मनपराउन थाल्यौं। र प्रेम सम्बन्धमा भयौं,' पीडितले जाहेरीमा ...
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो। टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो। लामो समय निगरानी गरेपछि उनीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गर्नेगरेको खुलेको एसपी थापाले बताए। ‘उनीहरूबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरू बरामद गरेका छौं,ʼ उनले भने। यस्तै उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्र...