Tuesday, November 4

अपराध

चितवनमा पेस्तोलसहित एक जना पक्राउ
अपराध, समाचार

चितवनमा पेस्तोलसहित एक जना पक्राउ

नेपालअखबार, चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस...
१३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ
अपराध, समाचार

१३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

नेपालअखबार, झापा। झापामा १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीमाथि १३ वर्षीय बालिकालाई बालयौन दुरूपयोग गरेको आरोप छ। राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी परेको थियो। जाहेरीपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार !  ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ
अपराध, समाचार

छात्रहरूमाथि अप्राकृतिक यौन दुर्व्यवहार ! ज्ञानज्योति बोर्डिङका सञ्चालक पक्राउ

नेपालअखबार, पोखरा । कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूलका सञ्चालक ४८ वर्षका शाहीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ । घटनाबारे विद्यार्थी र स्कुल प्रशासनबिच बिहिबार छलफल भएपनि विवाद नटुङ्गिएपछि शुक्रबार विद्यालय बन्दसमेत गरिएकाे थियाे ।...
मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ
अपराध, समाचार

मानव बेचविखन गरेको आरोपमा दुई जना पक्राउ

नेपालअखबार,  विराटनगर। मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मोरङ जिल्लाको विराटनगरबाट दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भएर झापाको बिर्तामोड नगरपालिका–५ मुर्तिचोक बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा घर भएका  १९ वर्षीया सिरिसा सिंह महथा छन् । आरोपीहरुले १३ वर्षीया बालिकालाई बेचविखन गर्ने उद्देश्यले विराटनगर–१५ स्थित भन्सार कार्यालय हुँदै ललाई फकाई भारततर्फ लान खोजेको आरोप छ । असार ५ मा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आरोपीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
नाबालिकालाई अपहरण र बलात्कार आरोपमा युवक पक्राउ
अपराध, समाचार

नाबालिकालाई अपहरण र बलात्कार आरोपमा युवक पक्राउ

नेपालअखबार,  वीरगञ्ज । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन्। बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ। उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ। रासस...
डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा काठमाडौंबाट पक्राउ
अपराध, समाचार

डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठगी गर्ने युवा काठमाडौंबाट पक्राउ

नेपालअखबार, काठमाडाै. । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो। ‘श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने। पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप...
नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
अपराध, समाचार

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालअखबार, काठमाडाैं । कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।...
काठमाडौंमा एक अर्ब बढीको लागूऔषध हेरोइनसहित ६ विदेशी  पक्राउ
अपराध, समाचार

काठमाडौंमा एक अर्ब बढीको लागूऔषध हेरोइनसहित ६ विदेशी पक्राउ

नेपालअखबार, काठमाडौं । विश्वकै महँगो लागूऔषध मध्येको मानिने लागूऔषध खैरो हेरोइन काठमाडौंबाट ठूलो परिमाणमा बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...