डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ
नेपालअखबार,काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ ।
महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । ‘कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ’, उनी भन्छन्, ‘उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।’
लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप छन् ।
प्रहरीले ती उनलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
यसैबीच, प्रहरीले नाग...








