कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण?
नेपालअखबार, संखुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ।
भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।
आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ। जसबापत नेपालले २१.९ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ।
बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ। विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ।
हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ।
आयोजनाको ११.८ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल...









