Tuesday, June 2

अर्थ

१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
अर्थ, समाचार

१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी

नेपालअखबार,काठमाडौँ । पछिल्लो १० महिनामा वैदेशिक रोजगारसम्बन्धी १० हजार भन्दा बढी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८१ को साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा चार हजार २९३ उजुरी परेका हुन् । ती उजुरीबाट ३० करोड तीन लाख ८९ हजार ६७५ रूपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । ति मध्ये ४६० उजुरीमा मेलमिलाप गरिएको छ । भने १६६ वटा उजुरी अदालतमा मुद्धा दायर गरिएको छ । त्यसरी उजुरी दिनेहरूमा वैदेशिक रोजगारीमा ठगी भएको, विदेशमा सम्झौता अनुसार पारिश्रमिक नपाएको, राहत तथा उद्धार लगायतका रहेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फट्र्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकल छुट्टै निर्देशिका तथा कार्यविधि तर्जुमा गर्न लागिएको बताए । उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र...
सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो
अर्थ, समाचार

सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

नेपालअखबार,काठमाडौँ ।  आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोला तीन हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार आठ सय रूपैयाँ तोकिएको छ। बिहीबार सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो। आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रति तोला एक हजार ९४५ रूपैयाँ पुगेको हो। बिहीबार चाँदी प्रति तोला ३५ रूपैयाँले घटेर एक हजार नौ सय २५ रूपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेर प्रतिऔंस ३२१९.१४ डलर कायम भएको छ।...
सुन प्रतितोला एकैदिन ३५ सय घट्यो
अर्थ, समाचार

सुन प्रतितोला एकैदिन ३५ सय घट्यो

नेपालअखबार,  काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।...
सरकारले स्वरोजगार बन्न भन्दै दिएको १ अर्ब २२ करोड रकम उठेन
अर्थ, समाचार

सरकारले स्वरोजगार बन्न भन्दै दिएको १ अर्ब २२ करोड रकम उठेन

नेपालअखबार,काठमाडौँ  ।   युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १ अर्ब २२ करोड ६७ लाख ९८ हजार भाका नाघेको छ। समयमा असुली नहुँदा कोषको रकम जोखिममा परेको हाे। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा लगानी गरेको छ। नियमअनुसार यो रकम तोकिएको समयमा फिर्ता गर्नुपर्छ। तर, १ हजार २३९ सहकारी संस्थाले २०८१ असार मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार सावाँ फिर्ता नगरेको महालेखा परिक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। यो रकमको ब्याज १२ करोड ८१ लाख १९ हजार छ। हर्जाना ३ करोड ८८ हजार छ। जम्मा १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्न बाँकी छ।  यस्तै, १५ बैंक र वित्तीय संस्थाले ३१ करोड ५३ लाख ३३ हजार सावाँ फिर्ता गरेका छैनन्। तर, ब्याज र हर्जानाको हिसाब राखिएको छैन। कोषको नियमअनुसार भाखा नाघेमा थप २ प्रतिशत ब्याज लाग्छ।...
सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घट्यो
अर्थ, समाचार

सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।अघिल्लो दिन १ लाख ८६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ कायम भएको छ ।...
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
अर्थ, राजनीति, समाचार

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल

नेपालअखबार,काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै सोमबार उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्त्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले भन्नुभयो,“वर्तमान सरकार गठन भए लगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्त्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात् गर्नेछ ।” आम उपभोक्ताको आम्दान...
आज सुनको मूल्य घट्यो
अर्थ, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।यस्तै चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।...
धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले
अर्थ, समाचार

धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थाले

धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ। एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए। कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ। 'यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छ। यही अवस्था रहे मूल्यांकन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,' उनले भने। हाल देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्ताहरूलाई काल...
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी

नेपालअखबार, दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्...
आज सुनको मूल्य सामान्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य सामान्य बढ्यो

नेपालअखबार,काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ । यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।...