Friday, August 21

अर्थ

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा
अर्थ, कृषि, समाचार, समाज

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गर्नुभएको छ । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिनुुभयो । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो । सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा...
मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ
अर्थ, विश्व, समाचार

मध्यपूर्वमा तनाव चर्किएसँगै बढ्यो तेलको भाउ

नेपालअखबार,न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारी गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जमा बिहीबार बिहानी समयमा बे्रन्ट क्रुडको भाउ २ डलर ९० सेन्टले बढेर प्रतिब्यारेक ६९ डलर ७७ सेन्टमा पुगेको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा यो ४ दशमलव ३४ प्रतिशत धेरै हो । सोही दिन अमेरिकी बेन्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट पनि ३ डलर १७ सेन्टले बढेर ६८ डलर १५ सेन्टमा उक्लिएको थियो । बिहीबारको कारोबारमा तेलको दुवै बेञ्चमार्कको भाउ बढेर अप्रिलको शुरुआती दिनयताकै उच्च स्तरमा पुगेका थिए । पेट्रोल निर्यातकर्ता देशहरूको संगठन (ओपेक)को दोस्रो ठुलो तेल उत्पादक हो इराक । अमेरिकाले इराकमा रहेको दूतावास खाली गर्ने तयारी गरिरहेको अप्रत्याशित खबर आएपछि व्यापारीहरूले धेरै क्रुड फ्यूचर्स कि...
भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान
अर्थ, समाचार

भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान

नेपालअखबार,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५/५० खर्ब जीडीपीको १५/२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो । घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ त्यो विद्युत् भएर हो,’ घिसिङले भने, ‘लोडसे...
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
अर्थ, समाचार, समाज

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

नेपालअखबार,स्याङ्जा।  यहाँका एक युवाले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती थालेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन्। दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव बटुलेका तिवारी आफ्नै ठाउँमा व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किनुएको बताउँछन्। स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका थिए। 'स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ,' उनले भने, 'आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ।' मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थालेका तिवारीले ३० रोपनी जमिन भा...
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
अर्थ, समाचार

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हक...
रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात
अर्थ, समाचार

रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

नेपालअखबार,रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठुलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९० हजार कायम भएको हो । यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।...
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
अर्थ, कृषि, समाचार

चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी

नेपालअखबार,भोजपुर । षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् । षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ । “चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका का...
भारत–पाकिस्तान द्वन्द्वले सिधे नुन आपूर्ति प्रभावित
अर्थ, विश्व, समाचार

भारत–पाकिस्तान द्वन्द्वले सिधे नुन आपूर्ति प्रभावित

नेपालअखबार,काठमाडौं । पछिल्ला तीन दशकदेखि पञ्जाबको अमृतसरका विपन कुमारले पाकिस्तानबाट सिधे नुन आयात गरी भारतमा बेच्दै आएका थिए । तर, गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्य भएपछि नयाँ दिल्लीले पाकिस्तानबाट आयात हुने सबै किसिमका वस्तुमा पूर्ण प्रतिबन्ध घोषणा गर्‍यो । यो प्रतिबन्धले सिखहरूको आध्यात्मिक थलो अमृतसरका ५० वर्षीय व्यवसायी विपन कुमारको व्यापार एकाएक ठप्प भयो । त्रैमासिकरूपमा उनले २ हजार देखि २५ सय टन सिधे नुन पाकिस्तानबाट ढुवानी गरेर बेच्दै आएका थिए । ‘मलाई एकदमै थोरै फाइदा बस्थ्यो तर, एकमुष्ठ बिक्री हुने भएकाले व्यवसाय टिकिरहेको थियो, प्रतिबन्धले सिधे नुनको कारोबार नै ठप्प भएको छ, अब फेरि परिस्थिति कहिले सामान्य हुन्छ थाहा छैन’, कतारबाट सञ्चालित अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरासँग कुरा गर्दै विपनले भनेका छन् ।पर्वतीय क्षेत्र...
मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो
अर्थ, समाचार

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

नेपालअखबार,पोखरा । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत् पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए। पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले बताए।  यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ। तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए। उक्त ...